Powered by Blogger.
सामुदायिक आँखा केन्द्र जिरी आफ्नै भवनमा,अस्पतालले तीन जिल्लाका बासिन्दा लाभान्वीत

जिरी, ८ बैशाख । दोलखाको जिरीबाट सञ्चालन हुँदै आएको सामुदायिक आँखा केन्द्रको भवन उद्धाटन गरिएको छ । उदघाटन भएलगत्तै जिल्ला अस्पताल जिरीको मतहतमा सञ्चालन हुने गरी भवन हस्तरणतरण गरिएको छ । 

तिलगंगा आखा प्रतिष्ठानको सहयोग र जिल्ला अस्पताल जिरीको सहकार्यमा सञ्चालन हुँदै आएको सामुदाियक आँखा केन्द्रको भवन उद्घाटन भिजन हिमालय फाउन्डेशन स्विजरल्याण्डका प्रमुख थोमसले गरेका थिए । तिलगंगाा आँखा प्रतिष्ठानका प्रतिनिधी नविन राईले आँखा केन्द्रको साँचो जिल्ला अस्पताल विकास समिति जिरीका अध्यक्ष टंक जिरेललाई हस्तरण गरेका हुन् ।

भवन निर्माण तथा केन्द्र सञ्चालनमा आर्थिक सहयोग रहेको सामुदायिक आँखा केन्द्र जिरी ०७२ साल असोज ११ गतेबाट नै जिरी अस्पतालको एउटा कोठाबाट सेवा दिँदै आएकामा भवन उद्घाटनसँगै आजबाट औपचारीक रुपमा आप्mनै भवनबाट सेवा सुचारु गरेको छ । दोलखा जिल्ला अस्पताल जिरीमा भए पनि आँखा उपचारका लागि यस अघि जिरी र आसपासका सर्वसाधारणहरु सदरमुकाम र राजधानी लगायतका ठूला र मंहगो अस्पतालहरुबाट सेवा लिन बाध्य थिए ।

सामुदायिक आँखा केन्द्र सञ्चालनमा ल्याए देखि हाल दोलखाको पूर्वी भाग, रामेछापको ८ वटा गाविस, सोलुखुम्बु र ओखलढुंगा जिल्लाका केही सर्वसाधारणहरु प्रत्येक्ष लाभम्वित भएका छन् । सामुदायिक आँखा केन्द्रका प्रमुख बासुदेव अधिकारीका अनुसार हाल दैनिक २० देखि ३० जना आँखाका रोगीहरुले आँखाको उपचार गराउँदै आएका छन् ।

सामुदायिक आँखा केन्द्र जिरीबाट हाल जटिल रोगबाहेक ९० प्रतिशत भन्दा बढि आँखा रोगको उपचार हुने गरेको छ भने १० प्रतिशत जटिल रोगहरुको उपचार गर्नका लागि जिरीबाट तिलगंगा अस्पतालमा पठाउने गरेको छ । उद्घाटन तथा भवन हस्तणतरण कार्यक्रम दोलखा जिल्ला अस्पताल विकास समितिका अध्यक्ष टंक जिरेलको सभापतिन्वमा भएको थियो । यो तिलगंगा आँखा प्रतिष्ठानको १४औं सामुदायिक आँखा केन्द्र हो ।
स्रोत ः जिरी सन्देश साप्ताहिक

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.