Powered by Blogger.
दोलखाको बाबरेमा मन्दिर निर्माणका लागि महापुराण लगाइने

दोलखा, २६ फागुन । दोलखा बाबरे–५ स्थित जलपाइश्वरी मन्दिर निर्माणका लागि भागवत महापुराण लगाइने भएको छ ।

स्थानीय पहलमा महापुराण लगाउन लागिएको हो । महापुराण ५ वैशाखदेखि १३ वैशाखसम्म चल्नेछ । महापुराणबाट १० लाख रूपैयाँ भन्दा धेरै आर्थिक संकलन गरिने आयोजक समितिका परिचालक बाबा विश्वनाथ महाराजले जानकारी दिए । 

महापुरणमा बाबरे, लामिडाँडा, लादुक, चिलंखा, बिगु, खोपाचागुदेखि लापिलाङ गाविसका सर्वसाधरण सहभागी हुने अपेक्ष गरिएको छ । महापुराणलाई सफल बनाउन काठमाडौंमा समेत सहयोग समिति  गठन गरिएको छ । समितिको संयोजक शिक्षाविद किरण पाण्डेलाई चयन गरिएको छ । 

समितिका सल्लाहकार भने नेपाली सेनाका महासेनानी विनोद पाण्डे, बाबरेका पूर्वगाविस अध्यक्ष लीला खतिवडा, त्रिशक्ति सिद्धबाबा र संस्कृतिविद जर्नादन घिमिरेलाई राखिएको छ । नयाँ पत्रिकाबाट

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.