Powered by Blogger.
महासंघका वरिष्ठ उपाध्यक्ष सहित चार जनाको राजीनामा, एक करोड घोटाला


 सोभित थपलिया
काठमाडौं, २८ फागुन । नेपाल स्वास्थ्य व्यवसायी महासंघबाट चार जनाले राजीनामा दिएका छन् । महासंघका वरिष्ठ उपाध्यक्ष सिताराम रेग्मी, केन्द्रिय सदस्य त्रय रामहरि थापा, पृथ्वी खडका र बिना बानिया ‘अधिकारी’ले राजीनामा दिएका हुन् । उनीहरुले विभिन्न ६ वटा कारण देखाएर महासंघमा राजीनामा दर्ता गरेको उपाध्यक्ष रेग्मीले बताए ।


उनीहरुले देखाएका ६ कारणमा बायोमेष्ट्रिक प्रणालीमा सरकारको निर्देशनलाई बेवास्ता गरेको, आर्थिक अनियमितता गरेको ९जसमा क्षतिपूर्तिमा अनियमितता गरेको र रिफण्डमा अनियमितता गरेको०,विधान विपरित कार्य सञ्चालन गरेकोे, महासंघको गाडी दुरुपयोग गरेको, सदस्य व्यवसायीहरुको राजीनामा प्रति बेवास्ता गरेको र नविकरण सम्बन्धमा बेवास्ता गरेको कारण देखाईएको छ ।

आफुले राजीनामा दिन जाँदा अध्यक्ष कैलाश खडकाले आफुलाई आर्थिक प्रलोभनमा पारेको र स्वास्थ्य संस्थालाई बायोमेष्ट्रिकमा पारिदिने आस्वासन दिएको र आफुले त्यसको बेवास्ता गरेको रेग्मीले बताए । स्वास्थ्य व्यवसायी महासंघ भ्रष्टचारको अखडा बनेको उनीहरुको आरोप छ । वरिष्ठ उपाध्यक्ष रेग्मी अनुसार महासंघमा एक करोड रुपैयाँ भन्दा बढी घोटाला भएको छ ।

महासंघमा लामो समयदेखि विवादमा रहेको बायोमेष्ट्रिक प्रणाली लागु गर्ने विषयमा भ्रष्टाचार मौलाएको हो । बायोमेष्ट्रिक लागु गर्ने हो भने सरकारले भनेको ६ बुँदा लागु गर्नु पर्ने र सरकारको मातहतमा हुनुपर्ने उनीहरुको माग छ । अन्तराष्ट्रिय सम्बन्ध तथा श्रम समितिले तत्काल रोक्न दिएको निर्देशन केही समयमा नै स्थगन गरेर दुई बुँदा थपेर पठाएको थियो । जसमा ६ महिनालाई परिक्षणकालको रुपमा हेर्ने भनिएको थियो । ६ महिना कटेपनि बायोमेट्रिक प्रणाली रोकिएको छैन् । बायोमेष्ट्रिकको नाममा केही माननीय र महासंघका केही अधिकारीहरुले फाईदा लुटेको आरोप लागेको छ ।

बायोमेट्रिक प्रणाली ६ महिनाका लागि लागु गरिदिएबापत अन्तराष्ट्रिय सम्बन्ध तथा श्रम समितिका सभापति प्रभु शाहले मनग्य आम्दानी गरेको रेग्मीको भनाई छ । रेग्मीका अनुसार शाहले बायोमेट्रिक लगाउन निर्देशन दिएपछि महासंघको खर्चमा सभापति शाह, सांसदद्वय कमला शर्मा र भरत खडकालाई मलेसिया भ्रमण गराईयो । यसका साथै प्रभु शाहको नाममा मलेसियाबाट आएको सय जनाको मागमा विरगन्जका युवालाई पठाएका छन् ।

अकर्षण इन्टरनेशनल म्यानपावरमा आएको मागमा मलेसिया जान लागेका युवालाई आकर्षणल फेल गरिदिएपछि शाह निकै रिसाएको रेग्मीको भनाई छ । पछि शाहको मान्छे भन्ने थाहा पाएपछि योग्या अयोग्य केही नभनी पठाएको बताइएको छ । उनीहरुको स्वास्थ्य परिक्षण गर्ने जिम्मा बायोमेष्ट्रिकमा परेको संस्था समानान्तर पोलिक्लिनीकले गरेको थियो । जानकार स्रोतका अनुसार सो संस्थाबाट गएका कामदार धेरै स्वास्थ्य परिक्षणमा फेल भएका कारण बायोमेष्ट्रिकको कारबाहीमा परेको छ ।

स्वास्थ्य व्यवसायी महासंघको पैसा सबै भन्दा बढी निवर्तमान अध्यक्ष प्रविन तिवारीले गरेको बताइएको छ । महासंघको पैसाले तिवारीले आमाको नाममा ताथलीमा चार आना जग्गा खरिद गरेको रेग्मीको आरोप छ । तिवारी अध्यक्ष हुँदा महासंघको नाममा चार र आमाको नाममा चार आना जग्गा गरिद गरेको उनले बताए ।

महासंघमा तिवारी अध्यक्ष हुँदा खरिद गरिएको स्कार्पीओ गाडी हाल नेपाली कांग्रेसको महाधिवेशनका लागि दाङ–काठमाडौं गर्नमा नै व्यस्त छ । कांग्रेसका नेता खुम बहादुर खडकालाई काठमाडौं देखि दाङसम्म आवत जावत गर्नका लागि महासंघको गाडी प्रयोगमा ल्याईएको रेग्मीले बताए । सो गाडी दाङ लैजाने व्यवस्था सदस्य महेश श्रेष्ठले गरेका हुन् । श्रेष्ठ दाङबाट कांग्रेसको प्रतिनिधि समेत बनेका छन् ।

यस्तै महासंघले विदेशजाने कामदारबाट प्रतिकामदार पहिला पाँच सय रुपैयाँमा तीन सय फिर्ता गरेर दुई सय रुपैयाँ राख्ने गरेको थियो । व्यवसायी र कामदारको हितकाम लागि उठाएको पैसामा समेत घोटाला भएको छ । विदेशमा गएर कामदार स्वास्थ्य परिक्षणमा फेल भएर फर्कदाँ दिनु पर्ने ४० हजार रुपैयाँ समेत नदिएर भ्रष्टाचार गरेको बताइएको छ ।

यस्तै महासंघले बायोमेष्ट्रिकको नाममा २० करोड रुपैयाँ भन्दा बढी रकम चलखेल गरेको र सो रकम तत्काली श्रम तथा रोजगार राज्य मन्त्री र सचिवलाई सम्म पुगेको छ’, रेग्मीले भने ‘त्यही बायोमेष्ट्रिकले नै फ्रि भिषा, फ्रि टिकट जन्माएको हो । जसले गर्दा मलेसियाले १५ लाख बंगलादेशी नागरिक लगेर नेपाली रोकेको छ ।’

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.