Powered by Blogger.
पूर्वप्रधानमन्त्री कोइरालाको निधन

काठमाडौैँ, २६ माघ ।

पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति सुशील कोइरालाको मंगलबार बिहान निधन भएको छ ।

लामो समयदेखि जिब्रोको क्यान्सरबाट ग्रसित कोइरालाको गएराति १२ बजेर ५० मिनेटमा महाराजगञ्जस्थित नीजि निवासमा निधन भएको हो ।

पछिल्लो केहीदिन देखि निमोनियकाका कारण ज्वरोले थलिएका कांग्रेस सभापति सुशील कोइरालाको स्वासप्रश्वासमा गडवडी भएपछि निधन भएको बताइएको छ ।  कोइरालाका निजी चिकित्सक करविरनाथ योगीका अनुसार ‘टाइप टु रेस्पिरेटरी फेलियर’ का कारण निधन भएको जानकारी दिए ।

पार्टीको १३ औँ महाधिवेशन कार्यक्रममा सहभागी जनाउँदै आएका कोइराला केही दिन यता विरामी भएपछि निवासमै आराम गरिरहेका थिए । उनी सोमबार नेपाली कांग्रेस काठमाडौ जिल्ला समितिको अधिवशेनको उद्घाटन गर्न प्रमुख अतिथिका रुपमा आमन्त्रण गरिएको भएपनि विरामी भएकाले कोइराला उपस्थित हुन सकेका थिएनन् । मंगलबार ११ बजे पार्टी केन्द्रिय कार्यालयमा स्थायी कमिटिको बैठक बस्ने बताइएको छ ।

को हुन् कोइराला ?

विक्रम सम्बत सन् १९९६ साउन २८ मा पिता बोधप्रसाद र माता कुमुदिनीका कोखबाट विराटनगरमा जन्मिएका हुन् । २०७० माघ २७ गते देशको ३७ औँ प्रधानमन्त्रीमा निर्वाचित भएका कोइराला सरकारकै नेतृत्वमा ३ असोज ‘नेपालको नयाँ संविधान २०७२’ जारी भयो । विक्रम सम्बत २०१० सालदेखि राजनीतिमा सक्रिय थिए । २००७ सालको क्रान्तिदेखि नै राजनीतिमा संलग्न भएका कोइराला ठाकुरराम  हाइस्कूल वीरगञ्जमा अध्ययनरत रहँदा नै राजनीतिमा सक्रिय भएर लागेका हुन् ।

 २०११ सालमा पिता बोधप्रसाद कोइराला नवलपरासीको डि एफ ओ हँुदा भाइ अरुणसंगै पाल्पामा नेपाल छात्र संघको शाखा खोलेका थिए । २०१२ साल माघमा वीरगञ्जमा सम्पन्न नेपाली कांग्रेसको छैठौं महाधिवेशनमा सहभागी कोइराला २०१४ सालमा  निर्वाचनको तिथि घोषणाको माग गर्दै देशव्यापी रुपमा भएको भद्र अवज्ञा आन्दोलनमा विराटनगरमा सहभागी समेत भएका थिए । २०१५ सालमा संसदीय निर्वाचनको प्रचार प्रसारमा नेपालगञ्जमा सक्रियतापूर्वक सहभागी भएका कोइराला २०१७ साल पौष १ गते सैन्यबलको आडमा राजाबाट निर्वाचित सरकार अपदस्थ गरी संसद भंग गरेपछि नेता सुवर्ण समशेरलाई नेपालको राजनीतिक अवस्थाको जानकारी दिन भाइ डा. अरुण कोइराला सहित कलकत्ता प्रस्थान गएका थिए ।

राजा महेन्द्रको कोशी अञ्चल सवारी हुँदा त्यसको विरोधमा भूमिगत रुपमा क्रियाशील समेत भएका कोइराला २०१७ सालदेखि २०३७ सालसम्म भारतमा निर्वासित जिवन विताएका थिए । २०३० सालमा प्रजातान्त्रिक आन्दोलनलाई नयाँ आयाम दिन गरिएको विमान अपहरण काण्डमा संलग्न र भारतमा पक्राउ परेका कोइराला ३ बर्षभन्दा बढी समय भारतका विभिन्न जेलमा जीवन विताएका थिए । 

यसैगरी २०३७ सालमा जनमत संग्रह हुनुभन्दा केही हप्ता अगाडि बैशाख १ गते गिरिजाप्रसाद कोइरालासंगै आम माफी पाएका कोइराला २०३७ सालको जनमत संग्रहमा बहुदलीय व्यवस्थाको पक्षमा जनमत सिर्जना गर्न सक्रिय थिए । उनी २०४२ सालको सत्याग्रहमा सक्रिय रुपमा सहभागी थिए भने २०४६ सालको जनआन्दोलनमा अग्रपडि।तमा सक्रिय । 

२०५९ असोज १८ गते तात्कालिन राजा ज्ञानेन्द्रले जननिर्वाचित सरकारलाई अपदस्थ गरेपछि नेपाली कांग्रेसको नेतृत्वमा चलेको शान्तिपूर्ण आन्दोलनमा सक्रिय कोइराला २०६१ माघ १९ गते शाही ‘कु’भएपछि सोही दिन बाँकेमा ३ महिना नजरबन्दमा परेपछि कांग्रेसको अगुवाईमा सञ्चालित ७ दलीय आन्दोलनमा सक्रिय भएका थिए । निरडकुश राजतन्त्रको विरुद्ध २०६२÷६३ मा नेपाली कांग्रसको नेतृत्वमा सञ्चालित आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका कोइराला प्रजातन्त्र पुनस्थापनाको आन्दोलनका क्रममा  नेपाल र भारत गरी ६ बर्षभन्दा बढी जेल जिवन विताएका थिए ।

कांग्रेसको सदस्यता २०१२ सालमा लिएका कोइराला  तरुण पत्रिका, नेपाली कांग्रसको आधिकारिक मुखपत्र, प्रवासकाल वनारस भारतमा सम्पादकको भूमिका समेत निभाएका थिए । पार्टी केन्द्रीय सदस्यः २०४५ साल मंसीर १३ देखि कांग्रेसको केन्द्रीय सदस्य भएका कोइराला २०४५÷४६ (सन १९९०) मा विदेश विभाग प्रमुख भएका थिए । २०५३ सालमा भएको नबौँ महाधिवेशनबाट महामन्त्री भएका कोइराला २०५५ साल असोज २० गते उपसभापति भएका थिए । 

 एघारौं महाधिवेशन १३–१८ भाद्र, २०६२९संस्थापन० र पार्टी एकीकरण पछिको कार्यसमिति २०६४ कार्यबाहक सभापतिको जिम्मेवारी सम्हालेका कोइराला बाह्रौ महाधिवेशन २०६७, १–५ असोजसम्म काठमाडौंमा भएको १२ औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित भएका थिए ।

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.