Powered by Blogger.
दोलखामा कांग्रेस अधिवेशनस्थलमा तोडफोड, अनिश्चित समयकालागि निर्वाचन स्थगन

चरिकोट, २५ माघ । 

जारी कांग्रेस दोलखा जिल्ला सभापतिको निर्वाचनमा धाँधली भएको भन्दै निर्वाचन अर्को सूचना जारी नभएसम्मका लागि स्थगन गरिएको छ ।

संस्थापन र देउवा पक्षबीचको विवादका कारण स्थगन भएको बताइएको छ ।  विवाद निकै चर्कदै गएपछि  अधिवेशनस्थलमा तोडफोड भएको स्थानीय प्रत्यक्षदर्शीको भनाई छ ।

दोलखा क्षेत्र नम्‍बर १ बाट निर्विरोध भएका जिपछिरिङ लामाका कारण यो अवस्था सृजना भएको कार्यकर्ताहरुको भनाई छ ।

देउवा पक्षका कार्यकर्ताहरुले प्यानल बनाल बनाएर संस्थापन पक्षलाई हराउन लागेपछि विवाद सुरु भएको हो । लामाले कुनै गुटलाई बोकेर नहिँडने प्रतिबद्वता जनाए पनि रातारात गुट निर्माणमा सकृय भए पछि यो अवस्था सृजना भएको हो ।

सभापतिका आंकाक्षी रुद्र खड्कालाई समर्थज जनाँउदा तोडफोडको अवस्था सृजना भएको बताइएको छ । निर्वाचन स्थल यो समाचार तयार पार्दा सम्म प्रहरीको नियन्त्रणमा रहेको छ । अहिले दुवै पक्षबीच वार्ता जारी रहेको बताइएको छ ।

दोलखा कांग्रेसमा इश्वर मानन्धर, वर्मा लामा, रुद्र खड्कार र कुन्दनराज काफ्ले सभापतिको आकांक्षी रहेको छन् । जानकार स्रोतका अनुसार मानन्धरले जिन्ते निश्चित भएपछि उनलाई हराउने योजनाका साथ विवाद निकालेको बताइएको छ ।

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.