Powered by Blogger.
पूर्व राज्यमन्त्री गुरुङ र अमिन सफल, म्यानपावर व्यवसाय धरसायी


काठमाडौं, ७ फागुन । 

मलेसिया सरकारले विदेशी कामदार नलिने भएको छ । मलेसियामा अवैधानीक कामदार बढी भएको भन्दै मलेसियाका उपप्रधान तथा गृहमन्त्री अहमद जाहिद हमिदीले कामादार लिन प्रतिबन्ध लगाउने घोषणा गरेका हुन् । मलेसिया र बंगलादेशबीच केहीस् दिनअपिघ  ढाकामा १५ लाख कामदार मलेसिया लैजाने सम्झौता भएको थियो ।  

 दुई देशबीच सम्झौता (जिटुजी) भएलगत्तै हमिदीको अभिव्यक्तिलाई निकै गम्भिरताका साथ हेरिएको छ । मलेसियाले यो निर्णय गर्नासाथ नेपालमा विभिन्न टिक्का टिप्पणी सुरु भएको छ । तत्कालीन श्रम तथा रोजगार राज्य मन्त्री टेक बहादुर गुरुङले बंगलादेसी नागरिक अमिनसँग आर्थिक लेनदेन गरेर यो निर्णय गराउन बाध्य पारिएको चर्चा चल्न थालेको छ ।

‘व्यवसायीहरुको राय बिना नै राज्य मन्त्री गुरुङले केही व्यवसायीहरुको सहयोगमा  २९  जेठको निर्णय अनुसार २१ असारदेखि फ्रि भिषा, फ्रि टिकटको निर्णय लागु गरे’ वैदेशिक रोजगार व्यवसायी संघ सम्बद्व एक स्रोतले भन्यो‘सो निर्णय लागु गराएबापात गुरुङले अमिनसँग मोटै रकम लिएका थिए, जसका कारण मलेसियामा कामदारको माग घट्दै गएको थियो ।’ उनले थपे हमिदी ले दिएको अभिव्यक्ति उनको हैन, अमिनले बोल्न लाएका हुन् ।

हमिदीले बंगलादेशसँग १५ लाख कामदार लिन जिटुजी गर्दा अमिन मार्फत मोटै रकम लिने शर्तमा सम्झौता भएको हो । केही दिन अघि हमिदीलवे सम्झौता गर्दा दिने भनेको कमिशन नपाएको उनको आरोप छ ।  सो रकमलाई लिएर  सदनमा विवाद समेत भएको थियो । सो विवादलाई गलत साबित गर्न सार्वजनिक ठाँउमा बोलेको मलेसियामा रहेका एक व्यवसायी प्रतिनिधिले बताए ।

यस्तै मलेसियाले केही समय अघि कामदारको लेबी बढाउने भनेर निर्णय गरे पनि लागु हुन सकेको थिएन । तसर्थ कामदार नलिने भन्ने लिखीत निर्णय नभएकाले उनले लिएको कमिशनलाई गलत साबित गराउन बोलेको जानकार स्रोतको भनाई छ । स्रोतका अनुसार १५ लाख कमादार लिदाँ प्रतिकामदार तीन लाख भन्दा बढी कमिशन हमिदीले पाउने बताइन्छ  । उनको यो भनाई लिखीत रुपमा कार्यान्वयन भएको खण्डमा मलेसियामा काम गर्दै आएका म्यानपावर शत प्रतिशत बन्द हुने छन्  । यस्तै मलेसिया बन्द भएको खण्डमा वैदेशीक रोजगारीका नाममा हुने ठगीमा पनि कमि आउने बताइन्छ ।


0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.