Powered by Blogger.
कालिञ्चोक भगवतीको दर्शन गर्न अब हिडन नपर्ने, केवलकार निर्माण हुँदै

दोलखा, १ फागुन ।

दोलखा जिल्लाको प्रसिद्व कालिञ्चोक भगवतीको दर्शन गर्न जाने भक्तजनले हिडन नपर्ने भएको छ ।  कालिन्चोक दर्शन प्रालिले सो स्थानमा केवलकार सञ्चालनमा ल्याउने भएको छ ।

अनुमानित २६ करोडमा निर्माण हुने केवलकारका लागि आवश्यक प्राविधि उपकरण आयातका लागि प्रतितपत्र (एलसी) खोलिएको बताइएको छ ।

केवलकार निर्माणकार्य बैशाखदेखि हुने बताइएको छ । धार्मिक तथा सास्कृतीक रुपमा धनि दोलखामा केवलकारको निर्माणले पर्यटकको वृद्वि हुने अपेक्षा गरिएको छ । यसले धार्मिक, पर्वतीय तथा पदयात्री पर्यटकको आवगमन बढने विश्वास लिइएको छ ।

करिव ३ हजार ८ सय मिटरको उचाइमा रहेको सो मन्दिर हिन्दुधर्मावलम्बीहरुको आस्थाको केन्द्र पनि हो । केवलकारको निर्माणसँगै कालिञ्चोक भगवती दर्शन गर्ने दर्शनार्थीहरुको सख्या बढ्ने विश्वास व्यक्त गरिएको छ । कालिञ्चोक भगवती मन्दिरबाट गौरिशंकर हिमाल, शैलुङको सय थुम्का लगाएतका दोलखाका प्रख्यात ठाँउको दृश्यपान गर्न सकिन्छ ।

केबलकारको निर्माणसँगै बटन स्टेशनबाट टप स्टेशन पुग्न पाँच मिनेट लाग्ने बताइएको छ । कम्पनीले १२ जना अट्ने २ ओटा केबलकार सञ्चालन ल्याउने अन्तिम तयारी गरेको जनाएको छ । केवलकार २०७४ बैशाखसम्ममा सञ्चालनमा ल्याउने बताइएको छ ।

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.