Powered by Blogger.
भूकम्प पीडितलाई प्रजिअ र स्थानीय विकास अधिकारी आफैले बाँडे १० हजार


दोलखा, २० पुस । 

चिसोले जनताको दैनिकी कष्टकर भइरहेको समयमा दोलखाका प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछाने र स्थानीय विकास अधिकारी सीता परियार विभिन्न गाविस र नगरपालिकामा गएर प्रत्ति व्यक्ति १० हजार रुपैयाँ बाँडिरहेका छन् ।

जिल्लामा चिसोले कठ्याङ्ग्रिएर मृत्यु हुनेको सङ्ख्या बढ्न थालेसँगै प्रजिअ र स्थानीय विकास अधिकारी आफै सो रकम बाँड्न व्यस्त भएका हुन् । यसका लागि प्रजिअ लामिछाने, स्थानीय विकास अधिकारी परियार, प्रहरी नायब निरीक्षक बेलबहादुर पाण्डेलगायतका सरोकारवालाको सङ्घसंस्थाले उपलब्ध गराएको न्यानो कपडा र  सरकारले उपलब्ध गराएको १० हजार रुपैयाँ रकम बोकेर वितरणमा दिन बित्ने गरेको  छन् । यसै साता जिरी नगरपालिकाभित्रका बालबालिका र महिलालाई केही रकम र न्यानो कपडा वितरण गरिएको छ ।

त्यस्तै, उनीहरुकै उपस्थितिमा भिमेश्वर नगरपालिका वडा नं ३ र ६ को वडामा चिसोको चपेटामा परेका स्थानीय भूकम्पपीडितलाई १० हजार रुपैयाँ रकम वितरण गरिएको छ । भिरकोट गाविसका अति विपन्न परिवारका बस्तीमा रहेको माझी बस्तीमा उहाँहरुको उपस्थितिमा बालबालिका र वृद्धवृद्धालाई १० हजार रुपैयाँ राहत बाँड्ने काम भयो ।

शनिबारसम्मको तथ्याङ्कअनुसार जिल्लाका ४८ गाविसमध्ये अधिकांश गाविसमा न्यानोका लागि रकम वितरण सुरु गरिएको छ । रकम वितरण छिटो गर्नकै लागि प्रजिअ र स्थानीय विकास अधिकारी सक्रिय रुपमा लाग्नुभएको छ । स्थानीय विकास अधिकारी परियार भनिन्, ‘जनतालाई सरकारले न्यानो पार्न दिएको रकम हामी ढिला नगरी वितरण गरिरहेका छौँ। बैँकमा रकम अभाव छ । सचिवको कमीले केही ढिलाइ भएको हो । गृहबाट पूरै रकम नआउँदा केही समस्या भएको छ ।’

अहिलेसम्म गृह मन्त्रालयले ६५ करोड रुपैयाँ रकममात्रै उपलब्ध गराएको छ । दोलखामा ८५ हजार भूकम्पपीडित परिचयपत्र वितरण भएको हुँदा थप २० करोड रुपैयाँ रकम गृहबाट आए सबै पीडितले न्यानो कपडा खरिदका लागि रकम पाउनेछन् ।
नेप्लिज बाट
तस्विर: गोकर्ण भण्डारीको फेसबुकबाट

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.