Powered by Blogger.
वल्र्ड भिजनको ११ करोड लगानी, शिक्षा, स्वास्थ्य, खानेपानी र सरसफाइ प्राथमिकतामा

दोलखा, ३० पुस । 

वल्र्ड भिजन इन्टरनेश्नल नेपालले दोलखाको जिरी नगरपालिका सहित ३ गाविसमा १० करोड ७१ लाख ८६ हजार ७६ रुपैयाँ बराबरको सहयोग गर्ने भएको छ ।

कार्यक्रमका जिल्ला सयोंजक टेक प्रसाद अधिकारीले एक वर्षमा जिरी नगरपालिका र तीन गाविसका ८ हजार एक सय ५५ घरधुरीलाई लाभान्वित गराउने उद्देश्यले यो कार्यक्रम गरेको बताए । त्यसका लागि १० करोड ७१ लाख ८६ हजार ७६ रुपैयाँ हुने भएको छ ।

वल्र्ड भिजनले विभिन्न सघंसस्थासगको साझेदारीमा दोलखाको जिरी नगरपालिका सहित श्यामा, हावा र गैरीमुदी गाविसमा बालबालिकालाई लक्षित गरी शिक्षा, स्वास्थ्य खानेपानी तथा सरसफाइ र जिविकोपार्जन कार्यक्रम सञ्चालन गर्ने छ ।

वल्र्ड भिजनले हुराडेक नेपाल, दिपज्योती, सिडिएफ, इकार्डस लगाएत स्थानीय स्तरमा कार्यरत सघंसस्थाको साझेदारीमा कार्यक्रम गर्ने भएको छ ।

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.