Powered by Blogger.
दोलखाबासी भन्छन् ‘बल्ल जान्यौं घर बनाउन’

दोलखा, २७ पुस । 

छिना र हम्मरको ट्याकट्याक–टुकटुक आवाज । सिकर्मी सीप लगाएर झ्यालढोका बनाउन व्यस्त । डकर्मी भाँती पुर्या एर गारो लगाउन मस्त । चाम्रो पारेर मुछेको माटो र इँटा आकारमा काटिएका ढुंगा दिने चटारो । पहिलो तला छाएपछि घरको आकार ग्रहण गर्दै ठडिएको संरचना चिटिक्क देखिन्छ। गारो तीन फिट पुग्नै लाग्यो, अब रिङविङ बाँध्नुपर्छ, ढुंगाको सुर काट्दै संरचना नियालिरहेका अगुवा डकर्मी निर्देशन शैलीमा भन्दैछन्, ‘त्यहाँनिर जोर्ती देखिएजस्तो लाग्यो, त्यस्तो पटक्कै देखिनुभएन है ।’

दोलखाका उत्तरी गाउँमा हिजोआज चटारो छ, भूकम्पप्रतिरोधी घर बनाउने। वैशाख १२ को भूकम्पमा सिन्धुपाल्चोकपछि सर्वाधिक क्षति बेहोरेको दोलखाका १० गाविसवासी आफ्नो गाउँ आफैं बनाउन जुटेका छन् । यहाँ ढुंगामाटो, काठपात र स्थानीय सामग्री प्रयोग गरेर थुप्रै घर ठडिइसकेका छन् ।

स्विस रेडक्रसले परम्परागत डकर्मी, सिकर्मीलाई तालिम दिएर गाउँमै जनशक्ति उत्पादन गरेपछि पुनर्निर्माणको चटारो सुरु भएको हो । सुस्पाक्षमावती, सुन्द्रावती, सुनखानी, लापिलाङ, लामीडाँडा, बाबरे, हावा, च्यामा, मेलुङ र सहरेमा सय हाराहारी भूकम्पप्रतिरोधी घर बनिसकेका छन् ।

पहिला घर होइन, चिहान खनेका रहेछौं । बल्ल पो घर बनाउन जान्यौं, महिनादेखि भूकम्पप्रतिरोधी घर बनाउन निस्किएका सुन्द्रावती–३ रुप्सेडाँडाका अगुवा डकर्मी डिल्लीनाथ न्यौपानले भने,स्थानीय सामग्री प्रयोग गरेरै बलियो घर बनाउन सकिने रहेछ । गाउँमै नाम कहलिएका ५५ वर्षीय डिल्लीरामको अगुवाइमा पहिले पनि दर्जनौं घर बनेका थिए तर भूकम्पमा एउटै जोगिएनन् ।

स्विस रेडक्रसको सहयोगमा रेडक्रस दोलखा उपशाखाबाट १५ दिने भूकम्पप्रतिरोधी घर बनाउने तालिम पाएपछि उनलाई आफू ‘अनुभव डकर्मी’ भन्न संकोच लाग्यो । यसअघि तालिम नलिएको र त्यसका लागि खोजीसम्म नगरेकोमा उनलाई पछुतो छ । बल्ल पो जानियो, दस दिनदेखि रेडक्रस सुन्द्रावती शाखाको घर बनाउन खटिएका उनले भने, ‘पहिल्यै तालिम पाएको भए घरसंरचना भत्कँदैनथ्यो । यति धेरै मान्छे मर्दैनथे ।’

तालिमपछि उनले दुई व्यक्तिका घर बनाइसकेका छन् । अहिले तेस्रोमा काम गर्दैछन् । बलियो घर बनाउन जमिन पनि मजबुत चाहिने डिल्लीनाथले बुझेका छन् । जमिनमा टाइपिङ कस्ने, गारोको प्रत्येक दुई फिटमा रिङविङ बाँध्दै जोर्ती नदेखिने गरी ढुंगामाटोको गारो लगाएपछि बलियो (भूकम्पप्रतिरोधी) घर बन्ने रहेछ, तालिममा जानेको सीप व्यवहारमा उतारिरहेका उनले भने ।

५९ वर्षीय टीकाराम मैनालीको बुझाइ पनि डिल्लीनाथकै जस्तो छ । पहिला घर बनाउने नाममा धराप थापेका रहेछौं,ु भूकम्पप्रतिरोधी दुई घर बनाएर तेस्रोमा जुटिरहेका उनले भने । उनी पनि वरपरका १० गाउँमा परम्परागत घर बनाउन नाम कमाएका डकर्मी हुन् । पन्ध्रदिने तालिमपछि नवनिर्माणमा जुटेका उनको बुझाइमा शक्तिशाली भूकम्प र ठूल्ठूला अनुकम्पनको तुलनामा क्षति अझ कम हो । नजान्दा हिजो ठूलो गल्ती गर्यौंझ, उनी चुकचुकाउँछन्,एकचोटि विपत भोगिसकेकाले अब सबैको चेत खुल्नुपर्छ ।

विभिन्न अवधिको तालिमबाट यस क्षेत्रमा झन्डै ५ सय डकर्मी र सिकर्मी उत्पादन भइसकेका छन्। ती सबै आआफ्नो गाउँको नवनिर्माणमा जुटेका छन् । अब त्यस क्षेत्रमा नवनिर्माण गर्न कामदार अभाव नहुने रेडक्रस दोलखा उपशाखाका इन्जिनियर (सिभिलं) विनय दाहाल बताउँछन् । उनीहरूलाई ढुंगामाटो, काठपात लगायत स्थानीय सामग्री प्रयोग गरेर भूकम्पप्रतिरोधी घर बनाउने तालिम दिइएको छ ।

इन्जिनियर दाहालका अनुसार सुरुमा प्रत्येक गाविसबाट १०–१० जनालाई १५ दिने तालिम दिइएको थियो । आआफ्नो गाउँमा फर्केर उनीहरूले १८ डकर्मी र नौ जना सिकर्मीका दरले तालिमप्राप्त जनशक्ति उत्पादन गरेका छन् । पहिलो र दोस्रो पुस्ता मिलेर वडातहमै पुगी ३०–३० जना गाउँले भेला गरे। उनीहरूलाई तीन दिनसम्म भूकम्पप्रतिरोधी घर बनाउने तरिका सिकाए । पछिल्लो तालिमबाट वडातहमै कम्तीमा पाँच जनशक्ति थपिएका छन्, उनले भने ।

इन्जिनियर दाहालका अनुसार निर्माणाधीन संरचना हेइटी मोडल नामले चिनिन्छ । हेइटीमा केही वर्षअघि गएको विनाशकारी भूकम्पपछि स्विस रेडक्रसले स्थानीय सामग्रीकै प्रयोगबाट बनाउन सकिने भूकम्पप्रतिरोधी घरको मोडल दिएको थियो । होइटीमा प्रभावकारी देखिएपछि त्यही मोडल स्विस रेडक्रसले नेपाल भित्रयाएको हो ।

हेइटी मोडलअनुसार पीडितले पुरानै थलोमा भत्किएको घरका ढुंगा, बचेखुचेका काठपात प्रयोग गरी घर बनाउनेछन् । त्यसो गर्दा निर्माण लागत कम पर्न जान्छ। तालिममा सिकाइएको मोडलअनुसार ४ दशमलव ८१ मिटर लम्बाइ, ४ दशमलव ३० मिटर चौडाइ र ५ दशमलव १८ मिटर उचाइका घर बनिरहेका छन् । स्थानीयले इच्छा र आवश्यकता अनुसार घरको आकार बढाउन सक्नेछन् तर प्राविधिकको सहयोग र प्रविधि भने अपनाउनै पर्छ ।

ुनयाँ काठपात, ढुंगामाटो जुटाउँदा र मजदुर खर्चसमेत गरी ४ लाख रुपैयाँमा उक्त आकार (तालिममा सिकाइएको साइज) मा घर बन्दो रहेछ, अगुवा डकर्मीद्वय डिल्लीनाथ र टीकाराम भन्छन् । उनीहरूको अनुभवमा सरकारले अनुदान दिने २ लाख रुपैयाँमा व्यक्तिगत केही लगानी वा सहुलियत ब्याजदरमा प्राप्त ऋण थपेर आवश्यकता अनुसार घर बनाउन सकिने नागरिक दैनिकमा समाचार छ ।

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.