Powered by Blogger.
अनेरास्ववियुको सचिवालय सदस्यका लागि दोलखाबाट सात जनाको दौडधुप, कस्ले मार्ला बाजी ?


काठमाडौँ, १८ मंसिर ।  

नेकपा (एमाले)को भ्रातृ संगठन अनेरास्ववियुको २२ औँ सम्मेलन आउन अझै दुई महिना भन्दा बढी समय बाँकी छ । तर, अनेरास्ववियु भित्र चुनावी सरगर्मी भने ह्वात्त बढेको छ । जिल्ला–जिल्लामा पनि अहिले चुनावी सरगर्मी बढेको छ । आ–आफु निकटका नेता भेट्ने र उनीहरुको आर्शिवाद लिने दौडधूप पनि अहिले राम्रै गरी चलेको छ । विद्यार्थीहरुको सबै भन्दा ठूलो संगठन अनेरास्ववियुको गरिमा र ओजपूर्ण इतिहास हेरेर पनि अहिले त्यस विद्यार्थी संगठनमा चुनावी रन्को चल्नु स्वाभाविक हो । अहिले दोलखा जिल्लाको अनेरास्ववियुमा पनि महाधिवेशनको रन्को चलेको छ । 

निकै भरपर्दा विद्यार्थी नेता उत्पादन गरेको दोलखामा अहिले पनि नेतृत्वमा आउने निकै ठूलो होडबाजी चलेको छ । नेकपा एमालेका पोलिट्व्युरो सदस्य पसुपति चौलागाईदेखि वर्तमान संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री आनन्द पोख्रेल पनि पूर्व विद्यार्थी नेता हुन् । त्यति मात्र होइन पूर्व जिविस सभापती लालकुमार केसी र नेकपा एमालेकी वर्तमान केन्द्रीय सदस्य रचना खड्का पनि विद्यार्थी राजनीतिबाटै माथि उठेका नेता हुन् । यसकारण पनि अहिले दोलखाका युवा नेताहरुमा अखिलप्रतिको मोह हुनु स्वाभाविक हो । 

अहिले अनेरास्ववियुले ४५ सदस्यीय सचिवालय सदस्य बनाउँने निर्णय गरेको छ । त्यो सँगै सचिवालयमा जाने दौडधुप पनि अनेरास्ववियुमा चलेको छ । कोही आफ्नो योग्यता क्षमतालाई आँकलन गरेर सचिवालयमा आफ्नो स्थान सुरक्षित गर्ने जमर्कोमा छन् भने केही चाँहि लामो समय अखिलमै बसेर काम गरेको वा लामो समय गुटमा बसेको योग्यता देखाएर सचिवालय सदस्यको पद प्राप्त गर्ने दौडमा छन् । अहिले दोलखाबाट मात्रै सात जनाले सचिवालय सदस्यका लागि दाबी गरेका छन् । त्यो दौडमा वर्तमान केन्द्रीय सदस्य सुदर्शन सिवाकोटी, संगिता पाख्रिनलगायत रहेका छन् । 

महेन्द्ररत्न क्याम्पस ताहाचलबाट राजनीति शुरु गरेका सिवाकोटी अनेरास्ववियुमा निकै लामो समय खटेका विद्यार्थी नेता हुन् । उनी महेन्द्ररत्न क्यापसमा सिप्ट कमिटीदेखि काम गर्दै उक्त क्याम्पसमा अनेरास्ववियुको अध्यक्ष र स्ववियु कोषाध्यक्षसम्म भएका विद्यार्थी नेता हुन् । उनी अहिले केन्द्रीय सदस्यसँगै उपत्यका सह–इञ्चार्जको जिम्मेवारीमा छन् । यस अघि उनी संगठन विभागका सचिव थिए । अंग्रेजीमा स्नातक गरेका सिवाकोटी ‘सेलीव्रेटी’ पनि हुन् ।

नेपाल टेलिभिजनबाट प्रशारण हुने बहुचर्चित टेलिचलचित्र ‘जिरेखुर्सानी’मा लामो समय अभिनय गरेका सिवाकोटी अनेरास्ववियु भित्र पनि परिचित अनुहार हुन् । अनेरास्ववियुमा विवादमा नआएका सिवाकोटी कार्यकर्तामैत्रीका रुपमा परिचित छन् । परिक्षा नियन्त्रण कार्यालयदेखि क्याम्पससम्म राम्रो सम्बन्ध बनाएका सिवाकोटीको उपत्यका बाहिर पनि राम्रो परिचय भएको बुझिएको छ । 

पाख्रिन पनि महिलामा नेतृमा निकै चर्चित मानिन्छिन् । दोलखा जिल्लामा जिल्ला कमिटि उपाध्यक्षसम्मको जिम्मेवारी सम्हालेकी पाख्रिन आदिवासी–जनजाति अनुहार भएकाले उनको पनि अनेरास्ववियुमा निकै संभावना रहेको छ । अहिले केन्द्रीय सदस्य रहेकी पाख्रिन पनि गुटमा भन्दा संगठन निर्माणमा ध्यान दिने विद्यार्थी नेताका रुपमा परिचित छिन् । 

त्यसैगरी पूर्वाञ्चल विश्वविद्यालयबाट राजनीति गरेका सुमन न्यौपाने पनि अहिले सचिवालयका उम्मेदवार हुन् । उनी पनि अहिले केन्द्रीय सदस्य छन् । केन्द्रीय सदस्य मदन खड्का पनि अहिले सचिवालयका वलिया उम्मेदवार हुन् । वर्तमान संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री आनन्द पोख्रेलका स्वकीय सचिव उमेश आचार्य पनि अहिले सचिवालय सदस्यका बलिया उम्मेदवारका रुपमा चिनिएका छन् । उनी अहिले अनेरास्ववियु लेखा आयोगका सदस्य छन् । 

अनुशासन आयोगका सदस्य कल्याण दाहाल पनि सचिवालय सदस्यका वलिया उम्मेदवार हुन् । त्यसैगरी क्षेत्रकुमार लामा पनि सचिवालय सदस्यका बलिया उम्मेदवार हुन् । प्राविधिक तर्फका केन्द्रीय सदस्य लामा दोलखा मेलुङ निवासी हुन् । यी मध्ये कसले बाजी मार्ने हुन् त्यो भने प्रतिक्षा गर्नुपर्ने भएको छ ।

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.