Powered by Blogger.
भारतीय नाकाबन्दीका कारण औषधि अभाव





दोलखा, २४ मंसिर । 

१२ वैशाखमा गएको भूकम्प र त्यसपछि निरन्तर आईरहेका पराकम्पनका कारण सिथिल बनेको दोलखा भारतले गरेको नाकाबन्दीका कारण झनै समस्यामा परेको छ । भूकम्पले ल गभग ९९ प्रतिशत घर ध्वस्त भएपछि दोलखाबासी अस्थायी घर बनाएर बस्न बाध्य बनेका छन् । 

जसको प्रत्यक्ष असर बृद्व बृद्वा, बालबालीका, गर्भवती महिला तथा अस्वस्थ रहेका मानिसमा परेको छ । पछिल्लो समयमा भारतले गरेको नाकाबन्दीका कारण दोलखाका स्वास्थ्य संस्थामा सीटामोलको समेत अभाव देखिएको छ । जिल्ला स्वास्थ्य कार्यालय दोलखाका अनुसार हाल जिल्लामा सिटामोल सिरफ र झाडापखाला निको पार्नका लागि प्रयोग हुने मेट्रो ट्याब्लेटसमेत छैन ।

अन्य औषधि भने आगामी दुईसाताका लागि मौज्दात रहेको बताइएको छ । सरकारले वितरण गरिरहेको ४० प्रकारको निःशुल्क औषधिमध्ये पारासिटामोल र मेन्ट्रोनिराजोल ट्याब्लेट सकिएको अधिकारीहरुले बताएका छन् । तत्काल नाकाबन्दी नखुले अन्य औषधिकोसमेत अभाव हुने बताइएको छ । जिल्ला स्वास्थ्य कार्यालयमा औषधि अभाव भएकै कारण स्वास्थ्य चौकीले मागेजति औषधि दिन नसकिएको कार्यालयले जनाएको छ ।

भूकम्पका कारण खुल्ला आकाशमुनी अस्थायी घर निर्माण गरेर बस्न बाध्य स्थानीयवासी चिसोका कारण विभिन्न रोगको सङ्क्रमित हुने खतरा बढेको विज्ञहरु बताउँछन् । जिल्लाको माथिल्लो भेगमा चिसो बढिसकेको र चिसोका बिरामी बढ्न लागेको कारण तत्काल औषधि नल्याए समस्या आउने चिसिकत्सकहरुको भनाइ छ ।

जिल्लामा ५२ स्वास्थ्य चौकी , दुई प्राथमिक स्वास्थ्य केन्द्र र एउटा जिरी अस्पताल रहेको छ भने केही निजी अस्पतालमा समेत औषधि अभाव हुँदा बिरामीलाई त्यतिकै फिर्ता पठाउनुपरेको छ ।

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.