Powered by Blogger.
Kalinchowk FM listen LIVE



कालिञ्चोक एफएमका बारेमा :
आजको युग सुचना र सञ्चारको युग हो । सुचनाको हकलाई लोकतान्त्रिक मुलुकमा जनताको संवैधानिक रुपमा व्यबस्था गरिएको हून्छ । ग्रामिण समुदायलाई आफ्नो हक अधिकारको बारेमा सुचित बनाउदै सचेत नागरिक विकास नभए सम्म समाजको विकास सम्भव छैन । सार्वजानिक  सरोकारका विषयमा बहस, अन्तरक्रिया, अनुगमन, तालिम, छलफल, पत्रिका प्रकाशन लगाएत प्रवद्र्धनात्मक अभियानमा असलसासन समन्वय समिति केन्द्रित छ । एक पछि अर्को नयाँ कार्यक्रम संचालन गर्दै आईरहेको असल सासन समन्वय समितिको उद्देश्य दोलखा जिल्लालाई भ्रष्टाचार मुक्त जिल्ला वनाउने पनि हो । त्यसैलाई साकार पार्न समन्वय समितिले संचारको माध्ममार्फत जिल्लाका गतिविधि, विभिन्न जातजाति, धर्म, वर्ग, लिग, क्षेत्र र प्राकृतिक स्रोत र स्वच्छ राजनितिक गतिविधिका वारेमा जानकारी गराउने उद्देश्यका साथ जिल्लामा पहिलो पटक सामुदायिक एफएम स्थापनाका लागि सञ्चालन इजाजत प्राप्त गरेको थियो ।

शिरमा गौरिशंकर हिमाल, काखमा तामाकोशी नदी र भिमेश्वर मन्दिर तथा कालिञ्चोक मन्दिरका साथमा असंख्य प्राकृतिक सम्पदा विभिन्न दलित, आदिवासि जनजातिहरु जस्तै विश्वकर्मा, नेपाली, चर्मकार, थामि, जिरेल, तामाङ, शेर्पा र गुरुङहरुको बासस्थान भएको दोलखा जिल्ला राजधानि काठमाडौ बाट १३३ कि.मि. उत्तर पूर्वमा पर्दछ । एक नगरपालिका र ५१ गाविस रहेको यो जिल्लाको भौगोलिक दृष्टिबाट स्वच्छ हावापानि पाइने प्राय गर्मी नहुने भएकाले र चिसो हावापानिले गर्दा पर्यटकीय स्थलको प्रवर्धनको गर्नु पनि आवश्यक छ । त्यसकारण पनि दोलखा जिल्लामा एफएमको स्थापना  र संञ्चालनलाई आवश्यक मानियो ।
संस्थाको पत्राचार ठेगाना
जनकपुर अञ्चल, दोलखा जिल्ला, भिमेश्वर नगरपालिका वडा नम्बर १० चरिकोट
फोन नं समाचारको लागी ः– ०४९४२१७७५
स्टुडीयो :– ०४९–४२१७७५
फ्याक्स :– ०४९–४२१८९०
नोटीस वोर्ड सर्भिस नम्वर :– १६१८४९०४२१७७५ ( यस नम्वर वाट दोलखा जिल्लाको प्रमुख समाचारहरु सुन्न सक्नुहुनेछ ।    इमेल : kalinchowkfm106.4mhz@gmail.com

कालिञ्चोक एफएमको स्वामित्व : असल शासन समन्वय समिति एक सामाजिक संस्था हो । संस्थाको स्वामित्वमा कालिञ्चोक एफएम रहेको छ ।

कालिञ्चोक एफएमबाट प्रसारण हुने विज्ञापन ः हामी व्यापारिक, औद्योगिक तथा अन्य सूचना तथा जि∙ल र स्पटहरु प्रशारण गर्नेछौं । विज्ञापन प्रशारण गर्दा प्रशारण ऐन, नियम तथा नेपाल सरकारले समय समयमा जारी गरेको नीति निर्देशनको अधिनमा रहेर गरीनेछ । स्वदेशी उत्पादनको विज्ञापन गरी बजार प्रवद्र्धन गर्नु आजको प्रमुख आवश्यकता समेत भएको छ । हामी उत्पादनमा गुणस्तर नभएका तथा स्वास्थ्यका लागि हानिकारक भनिएका उत्पादन, सेवाको विज्ञापन गर्दैनौं समाजमा विकृति फैलाउने खालका सन्देश तथा विज्ञापन पनि प्रशारण गर्ने छैनौं ।

कालिञ्चोक एफ.एम सञ्चालको श्रोत : सामाजिक हितका लागि सञ्चालन गर्ने लागिएको सामुदायिक एफ.एम.को श्रोत जिल्लाका स्थानिय निकाय, सामाजिक प्रतिष्ठित व्यक्तिहरुवाट प्राप्त सहयोग, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्थाबाट प्राप्त सहयोग, सदस्यता शूल्क अन्य सहयोगी संस्थाबाट प्राप्त रकम मूख्य आम्दानिको श्रोत नै हो । सामाजिक एफएमको मूख्य उद्देश्य समाजमा चेतना अभिवृद्धि गर्नेु हो नकि नाफा कमाउने । त्यसकारण सहयोग गर्ने दाताहरुलाई मुनाफा, ब्याज र लाभांश वितरण निति एफएमको हुँदैन । एफएमको नियमित संचालनका लागि आवश्यक संचालन खर्च गरी कोष जम्मा भएमा सामाजिक हितका लागि विभिन्न कार्यक्रम संचालन गरिनेछ । एफएम सामुदायिक भएकाले कार्यक्रम प्रयोजक, विज्ञापन राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रबाट प्राप्त भएका आम्दानीलाई सामाजिक उत्थानका लागि प्रयोग गरिनेछ । जस्तै. लोपोन्मुख जातजाति र संस्कृति, असहाय बालबालिका, सामाजिक विकृति, विसंगति, लागू पदार्थ दुव्र्यसनी नियन्त्रण, आकस्मिक कोष, सार्वजनिक चासोको विषयमा छलफल÷बहस लगायतका स्रोत साधनको संरक्षण एवं धार्मिक स्थलको संरक्षण र प्रवद्र्धनको लागि खर्च गरिनेछ ।

कालिञ्चोक एफएमबाट प्राथमिकताका साथ संचालन भइरहेको कार्यक्रमहरु :  गौरीशंकर हिमाल शिरमा बग्छ काखमा तामाकोशी, सचेत समाज, सभ्य समाज हो हाम्रो शान रेडियो कालिञ्चोकले दिन्छ त्यसको सही पहिचान भन्ने सन्देशका साथ संचालन हुने रेडियोले भ्याएसम्म गाउँवस्तीमा हरेक विकास निर्माणका काम, शिक्षा, स्वास्थ्य, कृषि र प्राकृतिक स्रोतको संरक्षणका लागि आवाज उठाई रहेको छ । साथमा आसपासका जिल्ला सिन्धुपाल्चोक, रामेछाप र ओखलढु∙ाका केही भागमा पनि त्यसको प्रभाव देखिन्छ । सामाजिक हितको लागि खुलेको रेडियोले अखाद्य तथा गुणस्तरहिन वस्तु वा सेवालाई निरुत्साहित बनाई स्थानीय उत्पादन तथा सेवालाई प्रवद्र्धन गर्न सहयोग गर्दै आएको छ । त्यसले गर्दा स्थानीय उत्पादनहरुको माध्यम कालिञ्चोक रेडियो बन्न थालेको छ । समाजमा देखिएका अन्धविश्वास, विकृति, विसंगति र सामान्ती सोचलाई हटाउन संचालन गरिएका कार्यक्रमले लाखौं स्रोतको मन जित्न सफल भएको छ  । उनीहरुले पनि हिमाली जिल्ला भएकाले पर्यटन व्यवसाय दोलखाका ठुलो ब्यवसाय हो । प्रचारप्रसारको कमी तथा पर्यटकीय स्थलको पहिचान नभएकाले खासै उल्लेख प्रभाव देखिदैन । तर, रेडियोले पर्यटन विकासका लागि महत्वपूर्ण योगदान पु¥याउनेछ ।

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.