Powered by Blogger.
उपप्रधानमन्त्री केसीको भनाई प्रति भारतीय दुवासको भत्र्सना

काठमाडौँ, २१ कात्तिक ।

उपप्रधान तथा सहकारी तथा गरिवी निवारण मन्त्री चित्रवहादुर केसीले सञ्चार माध्यममा दिएको अभिव्यत्तिप्रति नेपाल स्थिती भारतीय दूतावासले घोर भत्र्सना गरेको
छ ।

उपप्रधानमन्त्री केसीले निराधार, उत्तेजक तथा नेपाल र भारतबीचका जनताबीचको वर्षाै   पुरानो ऐतिहासिक, पारिवारिक तथा सभ्यतागत सम्बन्धलाई खलल पु¥याउने टिप्पणी गरेको दुतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

जारी विज्ञप्तिमा भनिएको छ, ‘भारत नेपाली जनताको शान्ति, स्थायीत्व र प्रगति चाहन्छ । भारतले शान्त, स्थायी र समृद्घ नेपालको लागि नेपाल सरकार र नेपाली जनतालाई सदैव सहयोग गर्दै आएको र गरिरहने छ ।’


0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.