Powered by Blogger.
‘भीमेश्वर मन्दिरलाई विश्वसम्पदा सूचीमा सूचीकृत गराउने’


दोलखा, २१ कात्तिक ।

नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेलले दोलखाको पर्यटन विकासमा टेवा पु¥याउन जिल्लाको प्रसिद्ध धार्मिकस्थल भीमेश्वर मन्दिरलाई विश्वसम्पदा सूचीमा सूचीकृत गराउन पहल गर्ने बताए ।

होटल सङ्घ दोलखाको आयोजनामा शनिबार सदरमुकाम चरीकोटमा आयोजित एक कार्यक्रममा मन्त्री पोखरेलले भीमेश्वर मन्दिरलाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्नसके विदेशबाट समेत दोलखामा पर्यटक आउने र यहाँको समग्र विकास हुने बताए ।

दोलखाको क्षेत्र नम्बर २ का सांसदसमेत रहेका मन्त्री पोखरेलले दोलखा जिल्ला पर्यटनका लागि प्रचुर सम्भावना बोकेको जिल्ला भएकाले पर्यटकीय स्थलहरूको प्रचारप्रसारमा लाग्ने समेत बताए ।

उनले देशको पर्यटन उद्योग भूकम्प र भारतको अघोषित नाकाबन्दीका कारण थला परेको भन्दै यसलाई माथि उकास्न आफूले विशेष प्याकेज ल्याउने बताए ।

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.