Powered by Blogger.
धोका दिएर काँग्रेसले गल्ती गर्योः आचार्य


धनकुटा, २१ कात्तिक ।
 नेकपा (एमाले)का सचिव भिम आचार्यले देशमा संकट आईपरेको अवस्थामा  एकजुट भएर अघि बढ्ने वेला काग्रेसले धोका दिएर गल्ती गरेको दावी गरे । उनले काग्रेसले कुर्सीको लोभमा ईमान्दारिता बिर्सिएको बताए ।

धनुटामा आयोजीत एक कार्यक्रममा काँग्रेसले गरेको तल्तीको बिषयमा अहिले पार्टी भित्रैवाट आवाज उठ्न थालेको भन्दै उनले अव जनताले पनि बुझेकाले त्यसको परिणाम पनि भोग्नुपर्ने बताए । नेपाल आफैमा सक्षम बन्न नसक्दा भारतले गरेको अघोषित नाकाबन्दीले अहिले हाहाकारको अवस्था सृजना भएको भन्दै सचिव आचार्यले अव देशमै भएका स्रोत साधनलाई सदुपयोग गरेर अघि बढ्नुपर्ने आवस्यकता औँल्याए ।

 ‘हाम्रो देशमा धेरै संभावना छन’ उनले भने ‘यसैलाई सदुपयोग गर्ने हो भने मात्र पनि हामी धेरै सक्षम र आत्मानिर्भर बन्न सक्छौ ।’ आफ्नै देशमा भएको जलबिधुत, पेट्रोलियम खानी लगायतलाई प्रयोग गर्न सक्ने हो भने नेपाल धरै सम्मुन्नत बन्न सक्ने उनको दावी थियो । आचार्यले अव सरकार र एमालेले आन्तरिक उत्पादन र आत्मानिर्भरतामा जोड दिने बताए ।

उनले मधेशका केही नेताले जनतालाई भ्रम फैलाएर आन्दोलनमा उठाएको आरोप पनि लगाए । ‘तिमिहरुलाई संबिधानले के दियो भन्दै मधेशका सोझा जनतामा भ्रम फैलाईएको छ ।’ सचिव आचार्यले भने ‘संबिधानले सामाग्री हैन अधिकार दिने हो । यो कुरा जनताले बुझेर आफ्नो स्वार्थ पुर्तिका लागि लागेका नेताको पछि लाग्नु हुदैन ।’

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.