Powered by Blogger.
कोष र एनआइविएल वीच एफपिओ सम्झौता



काठमाडौँ, १२ मंसिर । 

नागरिक लगानी कोष र नेपाल इन्भेष्टमेन्ट बैक (एनआइविएल) बीच फर्दर पब्लिक इस्यु (एफपिओ) निस्कासन गर्ने सम्झौता भएको छ ।

एक सय रुपैयाँ अंकित सो सेयरमा प्रतिकित्ता ५ सय १ रुपैयाँ प्रिमियम थप गरी प्रति कित्ता ६ सय १ रुपैयामा ९० लाख ६९ हजार ३ सय ८८ कित्ता सेयर निस्कासन सम्झौता भएको हो । सम्झौतापत्रमा कोषका कार्यकारी निर्देशक रामकृष्ण पोखरेल र एनआइविएलका प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेले हस्ताक्षर गरेका हुन । 

सो अवसरमा कोषका मुख्य व्यवस्थापकद्वय अर्जुनलाल राजबंशी र शुसील अर्याल तथा पुँजी बजार महासाखा प्रमुख रोशनजंग कार्कीको उपस्थिति रहेको थियो ।

 

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.