Powered by Blogger.
भारतीय कम्पनी सतलजलाई १५ दिने अल्टिमेटम



संखुवासभा, ८ मंसिर ।

अरुण तेस्रो आयोजना निर्माणको ठेक्का लिएको भारतीय कम्पनी सतलजलाई प्रभावित क्षेत्रका बासिन्दाले सातबुँदे मागसहित १५ दिने अल्टिमेटम दिएका छन् ।
 
संखुवासभा सदरमुकाम खाँदबारीमा भएको सरोकारवालाहरुको दुईदिने भेलाले आयोजनाले पुनर्वास तथा सामाजिक विकास कार्यक्रम र आदिबासी जनजाति विकास कार्यक्रममा प्रभावितहरुको माग पूरा गर्न १५ दिने अल्टिमेटम पत्र बुझाएका हुन् । 
 
खाँदबारीमा अरुण सरोकार मञ्चले गरेको कार्यक्रममा प्रभावित गाविस पावाखोला, पाथीभरा, नुम, दिदिङ, मकालु र याफुबासीले संयुक्तरुपमा सतलजलाई मागपत्र बुझाएका छन् । मुआव्जा बितरणमा घरजग्गाको मूल्य निर्धारण स्थानीय चलन अनुसार गरिनुपर्ने, जग्गामा उत्पादन हुने बहुमुल्य जडिबुटी अलैँची र रुद्राक्षको २५ वर्षसम्मको उत्पादनको लेखाजोखा गरिनुपर्ने, सडकले छोएको जग्गाको मुल्याङ्कन र पर्यटन सम्भावनालाई पनि मूल्याङकन गर्नुपर्ने माग राखेका छन् । 
 
यता मुआव्जा बितरणअघि मुल्य निर्धारण गर्दा प्रभावितवासीको अर्थपूर्ण सहभागिता हुनुपर्ने, यसमा एक गाविस तीनजनाका दरले सहभागी गराइनुपर्ने, पुर्वसूचनासहितको सहमतिको अधिकार सुनिश्चित हुनुपर्ने, परियोजनामा स्थानीयको जनगुनासो र सुनुवाई गर्ने निकाय गठन गर्नुपर्ने र आयोजना सञ्चालनअघि स्थानीयबासी सम्बन्धी स्पष्ट नीति ल्याउनुपर्ने माग राखेका छन् । यता सतलजले भने लगानी बोर्डले आयोजना गरेको सार्वजनिक सुनुवाईमा आयोजना प्रभावित क्षेत्रका छ गाविसको दुई सय १३ परिवार प्रभावित बन्ने प्रतिवेदन प्रस्तुत गरेको छ । 
 
यसमा नुममा ७१, पाथीभराका ४४, दिदिङका ७१, याफुका ४५ गरी दुई सय ६६ परिवारको तथ्याङ्क कम्पनीले एकिन गरेको छ । यता स्थानीयबासीलेभने पुनर्बास योजना गाविसमा समेत नपुगेको आरोप लगाउँदै क्षति के हुने भन्ने जानकारी नभएको बताउँछन् । पावाखोला–८ बैदेका बसन्त गुरुङ आफुले आयोजनाले के र कति क्षति पु¥याउँछ भन्नेमा नभएको भन्दै सूचना दिन माग गरे । 
 
आयोजना विकास सम्झौतामा एडिबीको नियम लागू गर्ने उल्लेख गरे पनि यसमा पुर्वसूचना सहितको पुनर्वास योजना नल्याएको भन्दै तत्काल सच्याएर योजनामा उल्लेख गर्न अरुण सरोकार मञ्चका पुर्वअध्यक्ष होम याम्फुले माग गरे । 

आइइइ, इआइए र पिडीए भई सकेको आयोजनाले प्रभावित क्षेत्रबासीलाई छलकपट गर्न नहुने भन्दै सहकार्य गरेर अघि बड्न आयोजनासँग माग गरे । नौ सय मेगावट क्षमताभएको नेपालकै ठुलो विद्यूत मानिएको आयोजनाले २०२२ सम्ममा उत्पादन शुरु गरी सक्ने जनाएको छ ।

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.