Powered by Blogger.
र्‍याफ्टिङमा १५ देशका पाँचसय प्रतियोगीले भाग लिने


काठमाडौँ, ६ मंसिर ।

त्रिशुली नदीमा मंसिर ११, १२ र १३ गते र्‍याफ्टिङ प्रतियोगिता हुने भएको छ। । नेपाल एशोसिएसन अफ र्याफटिङ एजेन्सीज (नारा)को आयोजनामा सो प्रतियोगिता हुने भएको हो ।

प्रतियोगितामा पाँच सय स्वेदशी तथा विदेशी पर्यटकको सहभागीता नाराका अध्यक्ष चन्द्रबहादुर दाहालले जानकारी दिए । कायक सलोम, कायक फ्रिस्टाइ र कायक बोटर क्रस विधामा प्रतिस्पर्धा हुने बताए ।

प्रत्येक विधाका विजेतालाई १ लाख, उपविजेतालाई ६५ हजार र तृतीय हुनेलाई ३५ हजार रुपैयाँ पुरस्कार दिइने छ। दाहालका अनुसार हरेक विधाका सिनिएर, जुनिएर र वुमन समूहमा प्रतिस्पर्धा हुनेछ ।२५ लाख रुपैयाँ खर्च हुने उनको भनाई छ ।
 प्रतियोगितामा भाग लिन चाहने नेपालीका लागि २५ सय रुपैयाँ र विदेशीका लागि ४५ डलर शुल्क लाग्ने छ ।
प्रतियोगितामा र्‍याफ्टिङमा अष्ट्रेलिया,क्यानडा, अमेरिका,जर्मनी, नर्वे, यूके, आएल्याण्ड, चीन, मलेसिया, हल्याण्ड, पोल्याण्ड, भुटान, कोरिया, जापान र भारतका प्रतियोगीको सहभागिता रहेनछ ।

नेपालमा सरकारले १६ वटा नदिमा जलयात्राका लागि खुल्ला गरेको छ । र्‍याफ्टिङका लागि विश्वका उत्कृष्ठ १० नदिन मध्ये ३ वटा नेपालमा रहेका छन् । नाराले सन् २००२ देखी यस्तो प्रतियोगिता गर्दै आएको छ । यो प्रतियोगिताले भूकम्प पछि पनि नेपालको जलयात्रा सुरक्षित रहेको सन्देश दिन सहयोग पुग्ने अपेक्षा गरेको अध्यक्ष दाहालले बताए ।

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.