Powered by Blogger.
नेपाल–भारत सिमानामा तारबार गर्न बास्तोलाको एक लाख सहयोग


काठमाडौं,८ मंसिर ।
भारतले नेपालमाथि जारी राखेको अघोषित नकाबन्दीपछि नेपालीको भारत प्रति हेर्ने दृष्टिकोण बदलीएको छ । पछिल्लो समयमा अधिकांश नेपाली आत्मनिर्भर बन्नुपर्ने र भारतसँगको परनिर्भरता हटाउनु पर्ने माग समते गर्न थालेका छन् । 

त्योसँगै भारतसँगको सीमानामा कडाई गर्नुपर्ने माग समते हुन थालेको छन् । नेपालमाथिको हेपाह प्रवृत्तिबाट दिक्क बनेका नेपाली जनताले भारतीय सीमामा तारबारको व्यवस्था गर्नुपर्नेसम्मका आवाज उठाउँन थालेका छन् । 

भारतीय सीमामा तारवार गर्ने हो भने आफुहरु सरकारलाई चन्दा दिनसमेत तयार भएको जनताले घोषणा गर्न थालेका छन् । ‘अहिले नेपाल भारतबीचको समस्या र मधेसको अराजकताको मुल जड भनेको नेपाल गर्ने वित्तिकै सबै समस्या हल हुन्छ । 

त्यसका लागि सरकारले हिम्मतका साथ तारबार लगाउने कार्यक्रम थालनि गरोस ।यस्को लागि सरकारले पनि बजेट तर्जुमा गरोस । हामी जनताको तर्फबाट पनि राष्ट्रको रक्षाहेतु यथाशक्ति आर्थिक चन्दा दिन तयार छौँ ।’ उनले सरकारलाई हिम्मत गरेर उक्त कार्यक्रम अगाडि बढाउन आग्रह गरेँ । ‘म डिल्लीराम बास्तोला पनि देशको रक्षाहेतु आफ्नो गाँसकाटेर एक लाख रुपैयाँ सहयोग गर्न तयार छु,’ उनले भने, ‘सबै नेपालीको यथासक्य चन्दा र श्रमदान जुटाएर पनि नेपाल भारतबीच तारबार गर्ने पैसाको अभाब हुने छैन र नेपालको र नेपालीको भलो हुने छ । यसका लागि सबै तयार होउँ भन्ने अपिल गर्न चाहन्छु ।’

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.