Powered by Blogger.
पानीको मुहान खोज्नै पर्छ, ‘एक घर एक घारा अभियान’

पुर्व योजना तर्जुमा गोष्ठि सम्पन्न्

 

दोलखा, ६ मंसिर । 

आर्थिक वर्ष २०७३-२०७४ को जिल्ला, नगर र गाउँ विकास योजना तर्जुमाका लागी जिविस दोलखाले पुर्व योजना तर्जुमा गोष्ठि सदरमुकाम चरिकोटमा सम्पन्न गरेको छ । 


कार्यक्रममा जुनसुकै योजना कार्यान्वयन सम्बन्धमा कार्यक्रम तथा आयोजनाहरुको कार्यान्वयन कार्यतालिका बनाई कार्यान्वयनमा विशेष जोड दिइएको छ । 

कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै जिल्ला विकास समिति दोलखाका आन्तरिक लेखा परिक्षक जगदिश अर्यालले विषयगत कार्यालयहरुले आवधिक एवम् वार्षिक योजना तर्जुमा र बजेट विनियोजन गर्दा भुकम्पका कारण क्षति भएका संरचनाहरुको मर्मत तथा पुन निर्माणलाई विशेष ध्यान दिनुपर्ने बताए ।

उनले भुकम्पीय दृष्टिकोणले सुरक्षित एवम् कम जोखिमयुक्त संरचनाको निर्माण र भुकम्पका कारण सिर्जीत अन्य जोखीमको न्युनिकरण गरी जिविकोपार्जनलाई सहज बनाउने तर्फ विशेष ध्यान दिनुपर्नेमा जोड दिए । 

कार्यपत्रमा उल्लेख छः शिक्षा, स्वास्थ्य र सरसफाई तथा खानेपानी सम्बन्धमा शिक्षकको तलब भत्तामा नगरपालीका र गाविसबाट उपलब्ध गराउने अनुदानलाई भुकम्पले क्षती भएका विद्यालयहरुको निर्माणमा जोड दिनुपर्ने, बाल विकास केन्द्रको व्यवस्थापन, शैक्षिक गुणस्तरमा वृद्धि, साक्षरता घोषणा नभएका गाविसलाई घोषणा गर्न सहयोग गर्ने खालका कार्यक्रममा ध्यान दिनुपर्छ । 

यसैगरी स्वास्थ्यको क्षेत्रमा सुरक्षित प्रसुति सेवा केन्द्र स्थापना, महिला स्वास्थ्य स्वयम सेविकालाई प्रोत्साहन गर्ने, पुर्ण खोपयुक्त घोषणा गर्न सहयोग पुग्ने लगाएतका कार्यक्रम तथा आयोजनाका बजेट बिनियोजनमा प्राथमीकतामा राख्नुपर्छ । 

खानेपानीको सम्बन्धमा एक घर एक धाराको अभियान अगाडि बढाई पुर्ण सरसफाई तर्फ उन्मुख हुने आयोजनालाई प्राथमीकता दिनुपर्ने कार्यपत्रमा उल्लेख छ । कृषि तथा पशु विकास र सिंचाई सम्बन्धमा प्रत्यक गाविसमा कृषि र पशु सेवा उपलब्ध गराउने र कृषि बाली र पशुको पकेट क्षेत्र निर्धारण गर्ने कार्यक्रमहरुलाई आढी बढाउनुपर्ने जनाइएको छ । 

महिला तथा बालबालिका सम्बन्धमा महिला सशक्तिकरण हुने, गरीवी विरुद्ध महिला उद्यमी तयार पार्ने, स्थानीय बालमैत्री शासन लागु गर्न सहयोग पुर्याउने कार्यक्रम तथा आयोजनालाई बजेट विनियोजन गर्न जोड दिनुपर्ने उल्लेख छ ।

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.