Powered by Blogger.
सेञ्चुरीको मुनाफा साढे सात करोड



काठमाडौँ, ५ मंसिर । 

सेञ्चुरी कमर्सियल बैंकले आर्थिक वर्षको पहिलो त्रैमासमा सात करोड ४२ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।

बैंकले अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा ३ करोड ५५ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो । यस्तै बैंकले चालु आवको पहिलो त्रैमासमा २५ अर्ब ३० करोड निक्षेप संकलन गरि २१ अर्ब ३२ करोड रुपैयाँ कर्जा परिचालन गरेको जारी विज्ञप्तिमा उल्लेख छ । 

गत आवको सोहि अवधिमा बैंकले २२ अर्ब १२ करोड रुपैयाँ निक्षेप संकलन गरि १८ अर्ब ९८ करोड रुपैयाँ कर्जा परिचालन गरेको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

२०६७ फागुण २६ गते काठमाडौंको पुतलीसडकस्थित प्रधान कार्यालयबाट ३१ औं वाणिज्य बैंकको रुपमा बैंकिङ्ग कारोवार सुरु गरेको बैंकले हालसम्ममा ३१ वटा शाखा, २६ वटा ए.टी.एम्, १० वटा शाखारहित बैंकिङ्ग र दुईटा एक्सटेन्सन् काउन्टरबाट बैकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.