Powered by Blogger.
‘दाउरको विकल्प कोसँग छ ?

काठमाडौँ, २ मंसिर ।

उपप्रधान तथा उर्जामन्त्री टोपबहादुर रायमाझीले अहिलेको संकट टार्न तत्कालको लागि सरकारसँग दाउराको विकल्प नभएको भन्दै केहीसँग उपाय भए दिन आब्हान गरेका छन । 

नेपाल चेतना केन्द्र अर्घाखाँचीले आयोजना गरेको ग्रामिण विकास पुरस्कार तथा सम्मान कार्यक्रममा बोल्दै उनले भने,‘ अहिलेलाई दाउराको विकल्प छैन । कोहीसँग विकल्प भए सरकार कार्यान्वयन गर्न तयार छ । मलाई लाग्छ विकल्प पनि कसैसँग छैन ।’

उपप्रधानमन्त्री रायमाझीले विगतमा पटक पटक लाग्दै आएको नाकाबन्दी बाट नचेत्दा अहिलेको अवस्था आएको दावी गर्दै भने,‘पहिला पनि पटक पटक नाकाबन्दी लागेकै हो । हामीले त्यसबेला आत्मनिर्भर अर्थतन्त्र निर्माण र ब्यापार विविधिकरणको कुरा गर्यौ तर नाकाबन्दी खुलेपछि विर्सिदा अहिलेको अवस्था आएको हो ।’
संविधान कार्यान्वयन गर्न र  मधेस केन्द्रीत दललाई मुल धारमा ल्याउन सबैको सहकार्य आवश्यक रहेको भन्दै आन्दोलनलाई अधिकतम रुपमा संबोधन गर्नु पर्ने बताए । यद्यपि उनले आन्दोलनको माग पूर्ण रुपमा भने संबोधन सम्भव नरहेको स्पष्ट पारे ।

उपप्रधानमन्त्री रायमाझीले भने,‘ नाकाबन्दी, तराई आन्दोलन र भुकम्पबाट भएको क्षतिको पुर्ननिर्माणको लागि दलहरुले सहकार्य गर्नै पर्दथ्यो । काग्रेससँगको सहकार्यमा कहाँ चुक्यौ सबैले समिक्षा गर्नु पर्छ । मिलेर बनाएको संविधान मिलेरै कार्यान्वयन गर्नु पर्छ । काग्रेस प्रतिपक्षमा हुनु गलत भएको छ ।’

नेपाली काँग्रेसका नेता बालकृष्ण खाँणले मुलुकको निकास एक अर्काको अस्तित्व स्विकार्ने चरित्र हुनु पर्ने भन्दै दशगजामा आन्दोलन गरेर सिंगो देशप्रतिको जिम्मेवारी पुरा हुन नसकिने स्पष्ट पारे । उनले मुलुकको विकासको लागि तराई, पहाड र हिमाल मिलेर जानु पर्ने भन्दै तराईले पहाड र पहाडले तराईको सम्मान गर्न सक्नु पर्नेमा जोड दिए । 

खाँणले अहिलेको संविधान गतिशिल र सबैकुरा परिवर्तन गर्न मिल्ने खाल्को भएको भन्दै निकासको नाममा राष्ट्रियता, सार्वभौमिकता र गौरब पछि पर्ने गरी सम्झौता हुन नसक्ने बताए । अन्तर्राष्ट्रिय मित्रहरुले अनावश्यक दवाव दिनु ठिक नभएको भन्दै उले नेपालमा नाकाबन्दी विल्कुलै अनुचित रहेको तर्क गरे । 

खाँणले राष्ट्रियताको सवालमा एक जुट हुनै पर्ने भन्दै मुलुक टुक्राउन खोज्ने कुरा सह्य नहुने चेतावनी दिए ।
उनले भारत र बेलायतको संयूक्त विज्ञप्ति गंभिर भएको भन्दै नेपालको कमजोर कुटनीटि र राजनीतिकको कारण यसमा पहल गर्न नसकेको दावी गरे ।

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.