Powered by Blogger.
चरिकोटका होटल ब्यवसायीहरुको कन्तविजोग


दोलखा, १ मंसिर ।

यतिबेला चरिकोटका होटल व्यवसायीहरु होटल संचालन गर्ने, वा छोडने भन्ने विषयमा अन्योलमा देखिएका छन् । संचालन गरौ त उपाय छैन, छाडौ त खाने जोहो कहाँबाट गर्ने । सटर भाडामा लिएर खाजाघर ब्यवसाय गर्दे आएका हुन् या आफ्नै घरमा आवास सुविधा सहितको होटल संचालन गर्दे आएका ब्यवसायी हुन् । ग्यास अभावका कारण धेरै मारमा परेका छन् ।

दोलखा सदरमुकाम चरिकोट सातदोबाटो चोकमा लामो समयदेखि होटल ब्यवसायी गर्दै आएका रेणु कपालीको पनि अवस्था त्यस्तै छ । ग्याँसको अभाव भए पछि होटलमा आउने ग्राहकलाई कोइला चुल्होमा पकाएर चिया खुवाउने गरेकी छन् । उनी भन्छिन्, संविधान आएपछि त के–के न होला भनेको त यही हुनलाई पो रैछ, दसै अघि नै ग्यास सकिएको, के गर्ने सटर भाडामा लिएको छु, बन्द गरेर बसौ भनेपनि आफु कसरी बाच्ने, गरौ त सक्दिन ।

यस्तै सदरमुकाम चरिकोटमा होटल ब्यवसाय सञ्चालन गर्दै आउनुभएका चन्द्र लामा भन्नुहुन्छ, एनजीओ, आइनजीओ प्रोजेक्टका मान्छेहरु खाना खान आउछन्, तर खाना खुवाउन धेरै गाहे छ, ग्यासमा २० मिनेटमा पाक्ने खाना दाउरामा पकाउदा घण्टौ लाग्ने गरेको उनको भनाई छ ।

धुँवा धुलोका कारण स्वस्थ खाना खुवाउन नसकिएको उनले बताइन् । गत वर्षहरुमा चरिकोटका होटलहरुमा बस्नलाई कोठा नपाउने अवस्था हुन्थ्यो भने यो वर्ष सुनसान छ ।

क्षेत्रीय होटल सघं नेपाल दोलखाका अध्यक्ष सुन्दर कार्कीले भुकम्पपछि आशिंक रुपमा संचालनमा आएका होटल पनि अहिले बन्द हुने अवस्थामा पुगेको बताए । इन्धन अभावका कारण कष्टकर रुपमा दाउराको प्रयोग गरी होटल  ब्यवसाय सञ्चालन गर्दे आएपनि आउने पर्यटकलाई राम्रो सेवा सुविधा दिन नसकेको उहाले बताए ।

दोलखा जिल्ला धार्मिक तथा पर्यटकीय जिल्लाको रुपमा चिनिन्छ । तर अहिले चरिकोटका होटलहरु सुनसान देखिन्छन् । कतिपय होटलहरु त बन्द नै भइसकेका छन् भने संचालनमा रहेका होटलहरु पनि अहिले सुनसान देखिन्छन् । सदरमुकाम चरिकोटमा संञ्चालित होटलहरुमध्ये भुकम्पअघि क्षेत्रीय होटल सघंमा ७१ होटल आवद्ध थिए । त्यसमध्ये भुकम्पले क्षति पु¥याएपछि कतिपय होटल बन्द छन् । भुकम्पले क्षति नपु¥याएका होटलहरु पनि इन्धन अभावका कारण अहिले बन्द हुने अवस्थामा पुगेका छन् ।

 विगतका वर्षहरुमा यो बेला धेरैको सङख्यामा आन्तरिक तथा बाह्य पर्यटकहरु दोलखा आउने गर्थे । तर यो वर्ष अहिले देखिएको इन्धन अभावका कारण होटल, पर्यटकीय तथा धार्मिक स्थल प्राय दिन सुनसान देखिन्छ । दोलखाको प्राचिन एवम् ऐतिहासिक शहर दोलखा बजारमा रहेको भिमेश्वर मन्दिर, कालिञ्चोक मन्दिर, जिरी, लगाएत स्थान पर्यटकको रोजाइमा पर्छ ।

पहिले धेरैको सङख्यामा मन्दिरमा दर्शन गर्ने तथा घुम्न आउने गरेपनि यो वर्ष थोरैको सङख्यामा मात्र दर्शनार्थी आउने गरेको भिमेश्वर मन्दिर गुठी तथा पुजा ब्यवस्थापन समितिका अध्यक्ष जीवन श्रेष्ठले बताए ।
निरसी थामी

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.