Powered by Blogger.
नाम्दुका तामाङको शव फेला

दोलखा, ३० कात्तिक ।

माछा मार्ने क्रममा खोलामा वेपत्ता भएका नाम्दु गाविसका रामशरण तामाङको शव फेला परेको छ ।

 माछा मार्ने क्रममा गत कात्तिक १९  गतेदेखि वेपत्ता भएका दोलखाको नाम्दु गाविस वडा नम्बर ८ का ३६ वर्षिया तामाङको शव फेला परेको हो ।

दोलखाका प्रहरी निरीक्षक सन्तकुमार लामाका अनुसार तामाकोशी नदी किनारामा तामाङको शव फेला परेको हो । तामाङ १२ वर्षदेखि नदीमा माछा बेचेर जिविकोपार्जन गर्दे आएका थिए । माछा मार्ने क्रममा चिप्लेर लड्दा नदीमा वेपत्ता भएका थिए ।

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.