Powered by Blogger.
तिहारमा अप्रिय घटना भएनन्ः प्रहरी

दोलखा, २९ कात्तिक ।

यो वर्षको तिहारमा दोलखामा शान्ति शुरक्षामा खल्ल पुग्ने कुनै पनि घटना नभएको प्रहरीले जनाएको छ । छिटफुट घटना बाहेक जिल्लामा शान्ति शुरक्षालाई नकारात्मक प्रभाव पर्ने कुनै पनि घटना नघटेको दोलखाका प्रहरी निरीक्षक सन्तकुमार लामाले जानकारी दिए ।

विगतका बर्षमा चाडबाडको समयमा चोरी, लुटपाट र मापसे जस्ता घटनाहरु हुने भए पनि यो पटक देउसी खेल्ने क्रममा सामान्य झै–झगडा बाहेक अन्य ठुला प्रकृतीका घटना कुनै पनि स्थानमा नभएको प्रहरीको भनाइ छ ।

पेट्रोलको अभावका कारण पर्याप्त मात्रामा सवारी साधन संचालन नभएपछि सर्वसाधरणले भने सास्ती खेप्नु परेको थियो । चाडपर्वको समयमा धेरै सर्वसाधरण आवत्जावत् गर्ने गरेपनि सवारी साधन भने कम संचालन भएपछि सर्वसाधरण जोखिमपुर्ण यात्रा गर्न बाध्य थिए । 

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.