Powered by Blogger.
घ्याङसुकाठोकरका खड्का मृत भेटिएपछि अनुसन्धान सुरु


दोलखा, २९ कात्तिक । 

दोलखाको घ्याङसुकाठोकर गाविसमा भाइटिकाको दिन एक पुरुष मृत अवस्थामा भेटिएपछि  प्रहरीले घटनाको अनुसन्धान अगाडी बढाएको छ । 

घ्याङसुकाठोकर गाविस वडा नम्बर ३ का ३८ वर्षीय भिम बहादुर खड्का गत २७ गते भाइटिकाको दिन मृत अवस्थामा भेटिएका थिए । कात्तिक २६ गते राति साथीहरुसँगै मापसे सेवन गरी देउसी खेल्न भनी हिडेका खड्का २७ गते दिउसो मृत अवस्थामा फेला परेको बताइएको छ । 

खड्काको भिरबाट लडेर मुत्यु भएको भनिएपनि घटना शंकास्पद रहेको आशांकामा ३ जनालाई नियन्त्रणमा लिइ अनुसन्धान अगाढी बढाइएको दोलखाका प्रहरी निरीक्षक सन्तकुमार लामाले बताए । 

खड्कासँगै हिडेका घ्याङसुकाठोकर गाविस, ३ का श्याम कार्की, सोही ठाउँका हेम बहादुर  कार्की र वडा नम्बर ४ का चोत्र बहादुर बस्नेतलाई नियन्त्रणमा लिइ अनुसन्धान भइरहेको लामाले जानकारी दिए । खडका केही समय अघि वैदेशिक रोजगारीबाट फर्कीएका थिए ।

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.