Powered by Blogger.
पर्यटन बोर्ड विघठन गरेर काउन्सिल बनाउने छुः मन्त्री पोखरेल


काठमाडौँ, २३ कात्तिक ।
 
सस्कृति,पर्यटन तथा नागरिक उड्ययन मन्त्री आनन्द प्रसाद पोख्रेलले पर्यटन बोर्डसहित पर्यटन क्षेत्रसँग सम्बन्धित रहेका संघ सस्थाहरुलाई विघठन गरेर सबै काम एउटै छाता मुनिबाट हुने गरी पर्यटन काउन्सिल बनाउने बताएका छन ।

राजधानीमा आयोजित साक्षात्कारमा उनले भने,‘पर्यटनसँग सम्बन्धित विभिन्न निकाय खडा गरेर मान्छे राख्ने र हटाउने खेललाई अन्त्य गर्दै अदालतमा तारेख धाउने प्रबृत्तिबाट मुक्त गर्न कोलागि पनि काउन्सिल आवश्यक छ ।’ साक्षात्कारमा मन्त्री पोख्रेलले पर्यटकलाई एकै ठाँउबाट नेपाल देखाउन काठमाडौमा सास्कृतिक संग्राहलय निर्माण गर्न काम थालिसकेको भन्दै १० वर्षभित्र संग्राहलय सञ्चालनमा आउने दावी गरे ।

उनले नेपाल बायू सेवा निगम विरामी अवस्थामा भएकोले यसलार्य स्वस्थ बनाउन यसको उडान ब्यवस्थापन गर्ने र कम्तिमा १० वटा नयाँ विमान थल्ने योजना प्रस्तुत गर्दै योसँगै लुम्बिनी, पोखरा, सीमरा अन्तर्राष्ट्रिय विमानस्थल र फास्ट ट्रयाक पनि बनाउनु पर्ने धारणा राखे । उनले भने,‘ म हेर्न मन्त्री बनेको होईन परिवर्तन गर्न आएको हु । प्लेन थपिन्छ । अन्तर्राष्ट्रिय बिमान स्थालमा सुधार गर्नु पर्छ नभए नेपालको शिर निहुँरिन्छ । यसकोलागि मैले नागरिक उड्ययन प्राधिकरणलाई निर्देशन दिइसकेको छु ।’

मन्त्री पोख्रेलले काठमाडाँैमा रहेको अन्तर्राष्ट्रिय विमानस्थलले थेग्न नसक्ने भएकोले यसलाई अन्तर्राष्ट्रिय विमान स्थलको रुपमा मात्र विकास गरेर कुहिरो नलाग्ने काभ्रेको मानेडाँडामा आन्तरिक र माउण्टेन फ्लाईटकोलागि विमान स्थल बनाउने बताउँदै समग्र पर्यटन क्षेत्रको विकासको लागि आफूले प्रधानमन्त्री र अर्थमन्त्रीलाई २ करोड रुपैया उपलब्ध गराउन आग्रह गरिसकेको जानकारी दिए ।

उनले सोमबारबाटै नेपाल बायू सेवा निगमले तीन चार्टर फ्लाईट गरेर हवाई ईन्धन ल्याउन थालेको भन्दै अबको दुई दिनपछि एउटा पनि आन्तरिक उडान कटौति नहुने स्पष्ट पारे । यद्यपि उनले मुलुक संकटमा परेको बेला नीजि हवाई कम्पनीले भने सहयोग नगरेको बताए । मन्त्री पोख्रेलले भने,‘हामीले नीजि विमान कम्पनीलाई काठमाडौबाट आधा तेल भरेर गएर काठमाडौ बाहिर रहेका ईन्धन स्टेशनबाट तेल भरेर ल्याउन भन्दा नमानेर उडान बन्द गराए । तर नेपाल एयरलाईन्सले मात्रै सक्दैन अरु विमान कम्पनी पनि आउनु पर्छ ।’

मन्त्री पोख्रेलले सात प्रदेशमा सात ठाँउ तोकेर पर्यटन विकासको लागि पूर्वाधार विकास गरेर नीजि क्षेत्रलाई आब्हान गर्ने जानकारी दिदै अहिले सात ठाँउमा मात्रै रहेको पर्यटन कार्यालय प्रत्येक वर्ष पाँच ठाँउमा थप्दै जाने बताए । उनले लुम्बिनी विकास कोषका उपाध्यक्ष र सचिव स्थानीय नै हुनु पर्ने भन्दै काठमाडौमा सम्पर्क कार्यालय खोलेर लुम्बिनी नजाने र बजेट खर्च नगर्ने प्रबृत्तिको अन्त्य गर्ने प्रतिबद्धता ब्यक्त गरे । उनले भने,‘ लुम्बिनी विकास कोषको काठमाडौको सम्पर्क कार्यालय बन्द गर्छु ।’

मन्त्री पोख्रेलले पशुपति प्रवेश गर्ने चार मुल द्धारबाट छिर्दा नाकथुन्ने अवस्था रहेसम्म आफू पशुपति भ्रमणमा नजाने प्रतिबद्धता ब्यक्त गर्दै १५ दिनभित्र ति स्थान दुरुस्त बनाउन निर्देश दिईसकेको सुनाए । उनले पशुपति क्षेत्रभित्रको खाली जग्गालाई शान्ति महसुस गर्ने गरी पार्कको निर्माण गर्ने र विकास कोषले गर्न दिए बाग्मतिको सफा पानी लिफ्ट गरेर धर्मावलम्बिहरुलाई शुल्क तिरेर नुहाउन मिल्ने ५० बटा धारा बनाउने योजना प्रस्तुत गरे ।

मन्त्री पोख्रेलले मित्र राष्ट्रहरुलाई अनुदान र सहयोग मात्रै भन्दा पनि आफ्ना नागरिकलाई नेपाल भ्रमणमा पठाउन आग्रह गर्दै आफूले चीन र भारतसहितका मित्र राष्ट्रका राजदुतहरुलाई भेटेर नै यस्तो आग्रह गर्न लागेको जानकारी दिए ।
 

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.