Powered by Blogger.
हामी आलु, खोर्सानीमा समेत किन परनिर्भर बन्ने ? उपप्रधानमन्त्री केसी


काठमाडौँ, २४ कात्तिक ।
उपप्रधान एंव सहकारी तथा गरिबी निवारण मन्त्री चित्रबहादुर केसीले परनिर्भरताका कारण देशमा वर्तमान समस्या आएको बताए ।

म आफै नुन, तेल बोकेको मान्छे, त्यो समयमा आलु, खोर्सानी स्वदेशमा नै उत्पादन हुने गर्दथ्यो, अहिले हामी आलु, खोर्सानीमा समेत परनिर्भर बनेका छौं,’ मन्त्री केसीले भने,‘यहि परनिर्भरताका कारण बोर्डरमा इन्धनका गाडी रोकिएर कुहिएका आलु लगायतका गाडी मात्र भित्रिएका छन् ।’ ‘स्वदेशमा उत्पादन हुने खाद्यन्न विदेशबाट न ल्याउने नीति नबन्नाले खाध्यन्न उब्जाउ हुने ठाँउमा सिस्नो उमे्रको छ’ उनले भने, यसरी देशको कसरी विकास हुन्छ ।’

मंगलबार सहकारी पत्रकार समाज सँगको भेटमा मन्त्री केसीले बिगतको राज्यको गलत नीतिका कारण देशले बर्तमान समस्या भोग्नुपरेको भन्दै आगामी दिनमा मुलुक आत्मनिर्भरतर्फ जान कुनै कसुर बाँकी राख्नु नहुने धारणा राखे ।

राज्यको नीति नभएका कारण परनिर्भरता बढेको छ,मन्त्री केसीले भने,‘खुर्सानी उत्पादन नहुने देशमा सवारी साधन खरिदगर्न राज्यले ऋण दिन्छ ।’ आफुले केहीपनि उत्पादन गर्न नसक्नेले मोटर चढेर हिँडेको देख्दा आत्माग्लानी हुन्छ ।’

मेहनत गर्ने हो भने छोटै समयमा उत्पादनमुलक खेती गर्न सकिन्छ । आफै स्वाबलम्बी बन्न चाहनेलाई ऋण दिएर प्रोत्साहन गर्नु पर्ने उनको भनाई छ । नेपालमा बिचौलियाले समस्या सृजना गरेको भन्दै यसलाई रोक्न प्रयत्न गर्नु पर्ने उनको भनाई छ । नेपाली आँखा चिम्लेर उदारीकरणमा लाग्दा नेपाली खाल्डोमा परेको भन्दै यसको मूल्याङकन गरि भावी कार्यदिशा अबलम्बन गर्नु पर्ने समय आएको मन्त्री केसीले बताए ।

उनले कृषिमा ऋणमा सहजता, विद्युत उत्पादनमा तिर्वता दिने उनले बताए । खुला उदारीकरणका कारण देशले समस्या भोगेको भन्दै मन्त्री केसीले अर्थनीतिमा हेरफेर गर्न आवश्यक भएको प्रतिक्रिया दिए । सहकारीमार्फत आर्थिक संमृद्वि भएको चर्चा गर्दै मन्त्री केसीले सहकारीमार्फत उत्पादन वृद्वि गरिने बताए । कृषिमा सहकारीबाट नै आत्मनिर्भर हुन सकिने उनको भनाई छ ।

सहकारीका विकृति, विसंगती अन्त्य गरेर सहकारीमार्फत सबल अर्थतन्त्र निर्माण गर्न सकिने उनको भनाई थियो । सहकारी ऐन, नियम तत्काल ल्याउनले उनले बताए । अर्थतन्त्रमा सहकारीको महत्वपुर्ण भूमिका हुने भए पनि यसमा देखिएको ठगीले समस्या सृजना गरेको उनको भनाई छ ।  कमजोर कानूनलाई हातमा लिएर ठग्नेलाई छोडिन्न उनले भने,‘ सहकारी क्षेत्रलाई मजबुत बनाउन तत्कालै ऐन निर्माण हुने छ । कोही कसैले ऐन मिचेर काम गर्छ भने छोडिन्न् ।’

सो अवसरमा नेपाल सहकारी पत्रकार समाजका अध्यक्ष डिल्लीप्रसाद सापकोटाले सहकारीका समसामयिक कुरामा उपप्रधान, सहकारी तथा गरिबी निवारण मन्त्रीलाई अवगत गराए  ।

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.