Powered by Blogger.
अष्ट्रेलिया र जर्मनीको सहयोगमा पक्की भवन निर्माण

दोलखा, २३ कात्तिक ।

नेपाल हिल्चे बेलिगिङ्स अष्ट्रेलिया र जर्मनीको सहयोगमा दोलखाको गैरीमुदी गाविस स्थित जनज्योती उमाविमा ८ कोठे पक्की भवन निर्माण गरिएको छ ।

२ वर्षअघि निर्माण थालिएको जनज्योती उमाविको ८ कोठे पक्की भवन निर्माण सम्पन्न भएको छ । निर्माण सम्पन्न भएपछि भवनको  उद्घाटन गरिएको छ । नेपाल हिल्चे डेलिग्रिल्स अष्ट्रेलिया र जर्मनीको गरी ९० लाख ६८ हजार ६ सय २७ रुपैया लागतमा भवन निर्माण गरिएको हो ।

भवन उच्चमाविको पठनपाठन सञ्चालनका लागी प्रयोग गरिने विद्यालयले जनाएको छ । यसअघि जस्ताको टहरामा अध्ययन गर्दा विभिन्न समस्या झैल्दै आएका विद्यार्थीहरु भवन निर्माण भएपछि सहज हुने भएको छ ।

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.