Powered by Blogger.
एस रेमिट र मेगा बैंकबीच रेमिट्यान्स भुक्तानी सम्झौता



काठमाडौँ, १८  कात्तिक ।

एस रेमिट र मेगा बैकबीच रेमिट्यान्स भुक्तानी गर्ने विषयमा सम्झौता भएको छ । सम्झौतापत्रमा  एस रेमिटका तर्फबाट प्रमुख सञ्चालन अधिकृत मुनालजंग कार्की र मेगा बैंककी प्रमुख ब्यापार अधिकृत रविना देशराज श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

सम्झौतापछि विदेशबाट एस रेमिटबाट पठाएको पैसा मेगा बैंकका बैंकिङ शाखा तथा मेगा बैंकका १५ सय भन्दा बढी आधिकारिक एजेन्टबाट सेवा लिन सकिने जारी विज्ञप्तिमा उल्लेख छ ।

अन्तरिक विप्रेसण सञ्चालनको लागि भएको सम्झौताले मेगा बैंकको मेगा रेमिट र एस रेमिटको नेपालस्थित एजेन्टमार्फत कुनै पनि स्थानबाट अर्को स्थानमा सजिलैसँग रकम पठाउन र प्राप्त गर्न सकिने जनाएको छ ।

एस रेमिटले कुमारी बैंक, एपेक्स डेभलपमेन्ट बैंक, कन्ट्री डेभलपमेन्ट बैंक, ग्रीन डेभलपमेन्ट बैंक, रिलाएन्स लोटस फाइनान्स, साहरा नेपाल बचत तथा ऋण सहकारी संस्था र क्लिन भिलेज माइक्रोफाइनान्सलगायतका वित्तीय संस्थासँग रेमिटेन्स भुक्तानी सम्झौता गरिसकेको छ ।

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.