Powered by Blogger.
दोलखाको भिमेश्वर नगरपालिका ५ का २ कृषक सम्मानित


दोलखा, २३ कात्तिक ।

दोलखाको भिमेश्वर नगरपालिका वडा नम्बर ५ का २ जना उत्कृष्ट कृषक सम्मानित भएका छन् । भिनपा ५ जिलुका अम्बिका चौलागाई र धुव्र बस्नेत सम्मानित भए ।

दोलखाको पहिलो सामुदायिक रेडियो कालिञ्चोक एफएमले आफ्नौ नवौ वार्षिक उत्सवको अवसरमा उनीहरुलाई नगद सहित सम्मान गरेको हो । उनीहरुलाई नेपाल पत्रकार महासघंकी उपाध्यक्ष अनिता विन्दुले नगद एक हजार एक सय ११ रुपैयाँ सहित प्रमाणपत्रका साथ सम्मान गरे ।

सम्मानित दुवै कृषक कुखुरा, तरकारी, माछा पालन ब्यवसाय संचालन गरी जिविकोपार्जन गर्दै आएका छन् । दुध संकलन, धान संकलन पनि गर्दै आएका छन् । कालिञ्चोक एफएमले हरेक वर्ष आफ्नो वार्षिक उत्सवको अवसरमा उत्कृष्ट किसानलाई सम्मान गर्ने गर्दछ । गत वर्ष दोलखाको मागापौवा गाविसका कृषक लाल बहादुर घिसिङ उत्कृष्ट कृषकको रुपमा सम्मानित भएका थिए ।

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.