Powered by Blogger.
दशैंका लागि जहाजबाट इन्धन ल्याउने तयारी

काठमाडौँ, २१ असोज ।

नेपाल आयल निगमले दशैंका लागि जहाजबाट इन्धन ल्याउने तयारीमा जुटेको छ । भारतले गर्दे आएको अघोषित नाकाले इन्धनको चरम अभाव हुन थालेपछि निगम यस्तो तयारीमा जुटेको हो । ‘चाडबाड नजिकिएकाले सार्वजनिक सेवारसवारीलाई समस्या पर्न दिदैनौ,’ निगमका प्रवक्ता दिपक बरालले भने, ‘इन्धनकै कारणले दशैैं खल्लो हुन दिदैंनौ ।

त्यसका लागि जहाजबाट भएपनि इन्धन ल्याउने छौं ।’ चाडबाडमा सार्वजनिक सवारीसाधनलाई गन्तव्यसम्म पुर्‍याउन यस्तो तयारी भएको बताए । निगमका अनुसार इन्धनको हाहाकार रोक्न तत्कालका लागि हवाइजहाज र दीघ्रकालिन रुपमा उत्तरी नाकाबट ल्याउने बिकल्प खोज्ने समेत निर्णय गरेको छ । आपूर्तिमा समस्या हुनथालेपछि बाणिज्य तथा आपूर्ति मन्त्रालयले असोज १४ गते आयल निगमलाई बैकल्पिक मार्ग पहिचान गर्न निर्देशन दिएको थियो ।

‘अभावलाई तत्काल रोक्न बैकल्पीक उपायबाट आयात गरी लागत खर्च जोडेर मुल्य बिक्री गर्न निगमलाई निर्देशन दिइसकेका छौ,’ मन्त्रालयका आपूर्ति व्यवस्थापन तथा सस्थान शाखाका उपसचिव शिव प्रसाद त्रिपाठीले भने, ‘त्यसका लागि चाहिने गुणस्तर र प्रपोजल बनाउन निर्देशन दिएका छौँ ।’ त्रिपाठीले चिन, बगलादेश, मलेसिया लगायत कुन मुलुकबाट सम्भव हुन्छ सोही अनुसार ल्याउन निर्देशन दिइएको मन्त्रालयले जनाएको छ ।

अन्तिम बिकल्प हवाइजहाजबाट भएपनि इन्धन ल्याउन निर्देशन दिइसकेका छौ, उनले भने । मन्त्रालयको निर्देशन अनुसार निगमले पनि योजना बनाएर इन्धन ल्याउने तयारी भएको निगमले जनाएको छ । ‘सरकारको आपूर्तिको बिकल्प खोज्न भनेपछि सोही अनुसार आन्तरिक छलफल सुरु भइरहेको छ ।

व्यवस्थापन र कहाँबाट ल्याउने छलफल भएको छ, बरालले भने, ‘प्रतिबेदन बनाउदै छौ । सम्भवतः बिहीबार पेस गर्ने छौ ।’ योजनाहरु सार्वजनिक गरेपछि विभिन्न निकायबाट रोक्न चलखेल समेत हुने गरेको बरालले बताए । इन्धन टेन्डरभन्दा पनि सिधै ल्याउने तयारी भएको उनले बताए ।


सोतका अनुसार दशैं नजिकिएकाले तत्कालका लागि उत्तरी नाकाबाट ल्याउने सरकारको योजना छ । चीनबाट तेल ल्याउने बारेमा त्यहाको कम्पनीसँग अहिलेसम्म कुनै छलफल भएको छैन । चीनले पाइपलाइन मार्फत ल्हासासम्म पेट्रोलियम पदार्थ वितरण गरिरहेको छ । यस्तै, सिगात्सेसम्म रेलमार्फत तेल ल्याइरहेको निगमले जनाएको छ । निगमका अनुसार माग अनुसार तेस्रो मुलुकबाट आयात हुने सम्भावना न्युन छ । तर, सिमित परिमाणमा भने आयात गर्न सकिने छ ।

सिमित मात्रामा आयात भएको इनधन केही दिनसम्म बितरण गर्न पुगेपनि दिर्घकालिन उपाय होइन, प्रबक्ता बरालले भने । निगमका अनुसार अहिले साढे ५ सय बुलेटबाट ग्यास आयात गरिन्छ । ती बुलेटहरु सबै भारतका हुन । १४ सय ८० ट्याङकरबाट पेट्रोलरडिजेल र मट्टितेल ढुवानी हुन्छ । ट्याङकरहरु नेपाली भएपनि ती ट्याङकरबाट उत्तरी नाकाबाट इन्धन ल्याउन धेरै कठिनाई हुन्छ । लामो दुरी त्यसमा पनि पहाडको बाटो भएकाले ट्याङकरबाट तत्कालका लागि समस्या हुने निगमको भनाई छ । आपूर्ति व्यवस्था सहज बनाउन सरकारले कुटनीतिक पहल गर्नुपर्ने निगमको भनाई छ ।

निगमलाई जिम्मेवारी दिएर मन्त्रालय आफू पन्छिन खोजेको छ, निगमका ती अधिकारीले भने, ‘सरकारले कुटनीतिक पहलबाट गाँठो फुकाउनु जरुरी छ । आपूर्ति सहज बनाउन प्रयत्न गर्नुपर्छ ।’ निगमले निर्णय गरेपनि कुटनीतिक पहल नहुँदा आयातमा समस्या हुने ती अधिकारीको भनाई छ ।

यता, मन्त्रालयले भने आफ्नो तहबाट कुटनीतिक पहल गरिरहेको जनाएको छ । ‘मन्त्रालयको तर्फबाट गर्नुपर्ने पहल भइरहेको छ । निगमलाई सदैब सहयोग गर्दे आएका छौं । गर्ने छौं,’ उपसचिव त्रिपाठीले भने । निगमले जिम्वेबारी अनुसार काम नगरेकाले समस्या भएको मन्त्रालयले भनाई छ ।

‘अहिले भारतीय आयल कर्पोरेसन्सले दैनिक २र३ वटा ट्याङकर पठाउने गरेको छ । निगमको समम्बन्ध अनुसार चाहेभने धेरै मगाउन सक्छ,’ मन्त्रालयका एक अधिकारीले भने, ‘तर, निगमले केहीे पहल गरेको देखिदैन ।’ आजको कान्तिपुर दैनिकमा समाचार छ ।

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.