Powered by Blogger.
सगरमाथा सुरक्षित छ : मन्त्री शेर्पा

काठमाडौँ, १९ असोज ।

संस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्री कृपाशुर शेर्पाले सगरमाथा क्षेत्र पूर्ण रुपमा सुरक्षित सन्देश प्रचार गर्न आग्रह गरे । मंगलबार शिखरपोष्टद्वारा आयोजित ‘भूकम्पपछिको सगरमाथा’ विषयक कार्यक्रममा मन्त्री शेर्पाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा प्रचारमा आएजस्तो स्थिति नरहेको भन्दै सगरमाथाको बारेमा यर्थाथ र सकारात्मक सन्देश प्रवाह गर्न सम्बन्धित सबैलाई आग्रह गरे ।

मन्त्री शेर्पाले भूकम्पले सगरमाथा क्षेत्रमा क्षति नै नभएको भन्दै यसको प्रचारका लागि सञ्चारमाध्यम, पर्यटकीय संस्थालगायत सरकारी तथा निजी क्षेत्र सबैलाई आग्रह गरे । सगरमाथासँगै अधिकांश पदयात्रा क्षेत्र पनि सुरक्षित रहेको शेर्पाको भनाई थियो । पूर्वपर्यटनमन्त्री बलबहादुर केसीले अनावश्यक तोडमोड गरी सगरमाथा क्षेत्रलाई असुरक्षित देखाईएकोप्रति आफू चिन्तित बनेको बताए । सगरमाथा क्षेत्रमा प्रचारित क्षति नभएको उनले दावी छ ।

कार्यक्रममा नेपाल पर्वतारोहण संघ (एनएमए) का अध्यक्ष आङछिरिङ शेर्पा, ट्रेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल (टान) का महासचिव सागर पाण्डे, ठमेल पर्यटन विकास परिषदका रामशरण थपलिया, नाट्टाका अध्यक्ष डीबी लिम्बू, सोलुखुम्बु सरोकार मञ्चका अध्यक्षलगायतले पनि सगरमाथा क्षेत्र सुरक्षित रहेको र यसको यर्थाथ सन्देश अन्तर्राष्ट्रिय क्षेत्रमासमेत प्रवाह गर्नुपर्ने बताए ।

कार्यक्रममा पर्यटन पत्रकारहरुको सञ्चाल विस्तार गर्न सफल भएको र मुलुकभरको पर्यटन प्रवद्धनका लागि महत्वपूर्ण भूमिका खेलेको भन्दै राष्ट्रिय पर्यटन पत्रकार संघ (नाटोज) लाई सम्मान गरिएको छ । संघका अध्यक्ष शिव अधिकारीले उक्त सम्मान ग्रहण गरेका छन् ।

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.