Powered by Blogger.
नवराजको अनुभूति सार्वजनिक

काठमाडौँ, १९ असोज ।

गीतकार नवराज खड्काको नयाँ गीति–संग्रह ‘अनुभूति’ सार्वजनिक भएको छ । इजरालयमा बस्दै आएका खड्काको गीति–संग्रह दोलखाका सांसद पार्वत गुरुङ, संगीतकार एवं गायक टीका भण्डारी संगीत संयोजक किरण कँडेललगायतले गीति–संग्रहको विमोचन गरेका हुन् ।

कार्यक्रममा सांसद गुरुङले गीतकार तथा संगीतकार खड्काको गीत रचनाबारे चर्चा गर्दै खड्काको  गीत देशभक्ति भावनाले ओतप्रोत रहेको बताए ।

गीति–संग्रहमा आधुनिक र राष्ट्रिय भावनाले भरिएका विभिन्न ६ ओटा गीतको संयोजन रहेको छ ।
ती गीतमा रियाज सिवाकोटी, जुगल डंगोलको संगीत रहेको छ भने रामकृष्ण ढकाल, उदय सोताङ, प्रमोद खरेल, मनोजराज र योजना पुरीको स्वर रहेको छ।

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.