Powered by Blogger.
मैदान छोडिन्न : महासंचिव पोखरेल


काठमाडौँ,१६ असोज ।

नेकपा एमालेका महासंचिव ईश्वर पोखरेलले संविधान निर्माणको क्रममा केही बिषय समेट्न गल्ती भएको भएतापनी आफुहरुले जारी संविधानलाई पूर्णता दिन मैदान नछाड्ने बताएका छन् । संविधानमा छुटेका कुराहरुलाई संशोधन गर्न सकिने भन्दै उनले संविधानलाई पुर्णता दिन आफूहरुले कसरतमा लागेको बताए ।

पोखरेलले संविधानको विरोधमा बन्द, हरताल,नाकाबन्दी गर्ने जस्ता काम नगर्न आन्दोलनरत पक्षलाई आग्रह गर्दै अराजक क्रियाकलापले निकाश निस्कन नसक्ने उल्लेख गरेका थिए ।

राजधानीमा त्रिभुवन विश्व विद्यालय अन्तर्गतको मानविय तथा समाजिक विज्ञान संकायले राखेको अन्तरक्रिया कार्यक्रम बोल्दै पोखरेलले दुँनियामा जारी भएको संविधान कतै सर्वसम्मत नभएको बताउदैं ९० प्रतिशत बहुमतले पारित भएको संविधान ऐतिहासिक दस्तावेज रहेको उल्लेख गरे ।

कार्यक्रममा नेपाली काग्रँेसका केन्द्रिय सदस्य अर्जुननसिंह केसीले लोकतान्त्रिक पद्धतिबाट आएको संविधान जनताको संविधान भएको बताए । उनले असन्तुष्ट पक्षलाई वार्ता र सम्वादको माध्यमबाट निकाश खोज्न आग्रह गदै जनताको सर्वभौम सत्ता संविधान सभाबाट बनेको नयाँ संविधानलाई अपव्याखा नगर्न आग्रह गरेका थिए ।

त्यस्तै एमाओवादी स्थायी समितिका सदस्य जनार्दन शर्मा (प्रभाकर)ले १० हजार भन्दा बढिको बलिदानबाट आएको नयाँ संविधानले वर्षौ देखिको जनताको सपना पुरा भएको बताएका थिए । उनले भारतले अघोषित रुपमा लगाएको नाकाबन्दीको कडा रुपमा विरोध गदैं अन्तराष्ट्रिय मान्यता विपरित लगाईएको नाकाबन्दी तत्काल फिर्ता लिन भारतलाई आग्रंह गरेका थिए ।

यस्तै कार्यक्रममा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संघीयता खारेज गरेर नयाँ संविधान जारी गरिए  देशमा विद्यमान देखिएको समस्या  हल हुने बताए । उनले संघीयता खारेज नभए देशमा हजारौं नागरिकको अझै ज्यान जाने दावी गदैं देश सिक्किमिकरण हुने निश्चित रहेको बताएका थिए ।

कार्यक्रममा बरिष्ठ पत्रकार कणकमणि दिक्षितले भारतले लगाएको अघोषित नाकाबन्दी सुनियोजित र योजनाबद्व रुपमा लगाएको दावी गरेका थिए । उनले नेपाली नेताहरुले भारतीय नेताहरुसामु हरेक बेला प्रभु भन्दै पाउ छुन गएकै कारण आज यस्तो दुरर्दशा देशले भोग्नुपरेको उल्लेख गरेका थिए ।

कार्यक्रममा पूर्वपराष्ट्र मन्त्री डा.प्रकाशचन्द्र लोहोनीले नयाँ संविधानले सवैको अधिकारलाई सुनिश्चित गरेको बताउदैं अव देश आर्थिक समृद्धीको बाटोमा जानुपर्ने बताए । भने  अर्का पूर्व पराष्ट्रमन्त्री रमेशनाथ पाण्डेले भारतले लगाएको नाकाबन्दीबाट आत्मनिर्भर बन्न सबैलाई पाठ सिकाएको बताएका थिए । उनले परनिर्भरता हटाई देशलाई आत्मनिर्भर बनाउन सरकार उद्वत हुनुपर्नेमा जोड दिएका थिए ।

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.