Powered by Blogger.
दुई हजार उत्पादन बन्द

वीरगन्ज, १६ असोज ।
प्रादेशिक सीमाङ्कन र नेपालको संविधान २०७२ प्रति असन्तुष्टि जनाँउदै डेढ महिनादेखि जारी बन्द र हडतालका कारण वीरगन्ज पथलैया औद्योगिक कोरिडोरका झन्डै दुई हजार उद्योगका उत्पादन बन्द भएको छ ।

नेपाल–भारत मुख्य नाकाको सीमामा पर्ने मितेरी पुलमै आन्दोलनकारीले धर्नामा बसेपछि विगत नौ दिनदेखि उद्योगजन्य कच्चापदार्थ र इन्धन नेपाल भित्रिन पाएको छैन । यसको प्रत्यक्ष मार औद्योगिक कोरिडोरका साना ठूला सबै उद्योगहरुमा परेको छ । यो औद्योगिक कोरिडोरमा साना ठूला गरी करिब दुई हजार दुई सय उद्योग रहेको वीरगन्ज उद्योग वाणिज्य सङ्घले जनाएको छ ।

यसअघि बन्दका कारण सुरक्षा घेरामा दैनिक ६०÷७० वटा मालसामान बोकेका मालवाहक गाडी यहा“बाट निस्कने गर्दथ्यो । ‘विद्युत् कटौतीको चर्को मार परेका बेला जेनरेटरको भरमा उद्योग सञ्चालन गर्दैआएकामा अहिले इन्धनको अभावमा उद्योग नै बन्द गर्न बाध्य भएका छौँ,’ वीरगन्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष प्रदीप केडियाले भने,‘यस कोरिडोरका अधिकाश उद्योगका उत्पादन बन्द भएको छ ।

 बन्द र हडतालका कारण ढुवानी ठप्प छ । यसले गर्दा उत्पादित सामान पनि बजारसम्म पु¥याउन सकिएको छैन । उहा“का अनुसार यो क्षेत्रका उद्योग, व्यापार, विद्युत् टेलिफोन, शिक्षण संस्था, होटल व्यवसाय, कृषि क्षेत्र र श्रम बजारमा एक दिनमात्र बन्द हुँदा करिब ५६ करोड रुपैयाँ बराबरको नोक्सानी हुने गर्छ । बन्दका कारण अहिलेसम्म झन्डै २५ अर्ब रुपैयाँ घाटा भइसकेको अध्यक्ष केडियाको भनाइ छ ।

केही उद्योग जसोतसो सञ्चालनमा आइरहे पनि त्यसले पूर्णक्षमतामा काम गर्न सकेको छैन । आन्दोलनकारीले उद्योगमै आएर बन्द गर्ने धम्की दिइने गरेको उद्योगीहरुको गुनासो छ । उद्योग बन्द हुँदा करिब ५० हजार मजदुर प्रत्यक्षरुपमा प्रभावित भएका छन् ।

‘आयातित सामान बन्दका कारण लामो समयसम्म सीमापारि नै थन्किएकाले उद्योगका लागि चाहिने आवश्यक कच्चापदार्थ र इन्धनको अभावले उद्योग कलकारखानासमेत सञ्चालन हुनसकेको छैन्,’ नेपाल उद्योग वाणिज्य सङ्घका कार्यकारिणी सदस्य विजय सराबगीले भने, ‘हजारौँ टन मालसामान सीमावर्ती भारतीय नाकामा रोकिँदा उद्योगी, व्यवसायीका साथै आम उपभोक्ता पनि मारमा परेका छन् ।’

विद्युत् आपूर्तिमा देखिएको अनियमितता, चर्को विद्युत् कटौती, चन्दा आतङ्क, बैंकको चर्को ब्याजदर र बजार अभावलगायतका समस्यासँग जुझ्दै उद्योग सञ्चालन गरिरहेका उद्योगीलाई बन्द हडतालले थप निरास बनाएको सराबगी बताए ।

उद्योग व्यवसाय ठप्प हुँदा वीरगन्जस्थित वाणिज्य बैंक तथा वित्तीय संस्थाको कारोबारसमेत प्रभावित भएको छ । व्यवसायीले एलसी खोल्ने, टीटी, ड्राफट बनाउने कामसमेत नगराएकाले वाणिज्य बैंक तथा वित्तीय संस्थाको काम प्रभावित भएको हो ।

तेश्रो मुलुकबाट सामान आयातका लागि एलसी खोलिसकेका वस्तु बोकेका कन्टेनर कोलकोता बन्दरगाहमा थुप्रिएका कारण धेरैजसो उद्योगी व्यापारी मर्कामा परेका छन् । दसैं, तिहार र छठ पर्वलाई लक्ष्यित गरेर ल्याउन लागिएका मालसमान बोकेका कन्टेनरको चाप अहिले कोलकोता बन्दरगाहमा बढ्दै गएको दाबी सङ्घका अध्यक्ष केडियाको छ ।

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.