Powered by Blogger.
यसरी सम्झन्छन् विदेशमा रहेका दोलखाली दसैँलाई


काठमाडौँ,२ कात्तिक । 

देशमा हरेक हिन्दुधर्मावलम्बीहरु वडा दसैँ मनाउने तयारीमा रहेका छन् । यस वर्षको दसैँ अन्य वर्षको तुलनामा निकै नै फरक छ । संघिय लोकतन्त्र नेपालमा जनताले चाहेको÷जनताका प्रतिनिधिले ‘नेपालको संविधान २०७२’ जारी गरेका छन् । ६ दशकपछि जारी जारी भएको यो संविधानले देशमा अपेक्षाकृत उल्लास ल्याउन सकेका छैन ।

मधेस केन्द्रितदलका नेताहरुले गरेको आन्दोलनका कारण नेपाली जनताको दसैँ सहज बनेको छैन । त्यसका पनि १२ वैशाखामा आएको विनाशकारी भूकम्पका कारण केही नपालीको दसैँ निकै नै खल्लो बनाएको छ ।  भूकम्पका कारण दसैँ खल्लो हुने जिल्लामध्येको एक हो दोलखा । १२ वैशाखमा आएको भूकम्प र २९ गतेको अर्को ठुलो पराकम्पनका कारण दोलखालाई निकै ठृुलो क्षति पुर्यायो ।

जसका कारण अधिकाशं दोलखाली जनता चलनचल्तीको भाषामा कटेजमा बस्न बाध्य बनेका छन् ।
यस वर्षको समग्र नेपालीका साथै दोलखा बासीको दसैपनि खासै उल्लासमय छैन । विदेशमा बसेका दोलखालीलाई झनै पिरलो बनेको छ, यसवर्षको दसैँ । भूकम्पले क्षति पुर्याएको घर । विदेशमा रहेर पनि यसरी सम्झन्छन दोलखाबासी दसैँलाई :

मिसिङ दशै

गोकुल थोकर, 
दोलखा  ५ , शैलुङगेश्वर
 हाल,जापान

विदेशको दसैँ दसैँ हुने कुरै भएन । विगतका दिन सम्झन्छु । पहाडको घर । परिवारसँग भेटघाट । साथीभाइसँग कुराकानी । रमाइलो । एक महिना पहिले देखि नै घर जाने चटारो । बसको टिकट बुकिङ । किनमेल थोरै भए पनि हुने । आमा भन्थिन् अरु केही ल्याउनु पर्दैन मसला चाही नर्बिसि ल्याहै । मसला भनेको तीन सय रुपैयामा एक किलो जिरा पाइन्थ्यो । १२ मसला भनेर बेच्ने अर्को एक किलो मसलालाई पाँच सय जति रुपैयाँ खर्च हुन्थ्यो । मैले घर जाँदा लाने मुख्य सामान भनेकै त्यति थियो ।

टिकट हुँदा सिटैमा बसेर गइन्थ्यो । नभएको बेला छतमा । कति दसैँमा छतको यात्रा गरेर गाउँ पुगेको छु । त्यसको पनि आफ्नै मज्जा छ । अरु म सँग गाउँ देखि टाढा भएका आफन्त भेट्ने चाहाना नै प्रमुख हुन्थ्यो । उमेर ढल्कदै गरेका बाजे छन् । तिनै बुढाले टिका लगाउँछन् । मावाली घरमा बुढी हजुरआमा हुनुहुन्छ । आर्शिबाद दिनुहुन्छ । फुर्सदको बेला घुम्नुको मज्जा अर्कै हुन्थ्यो ।

पिङ खेल्नलाई केहिले पाँडेखानी पुगिन्थ्यो । कहिले पैती । भैसेडाँडा त सबै पुुग्ने पहिलो थलो भैहाल्यो । कहिले कही रोटे पिङ खेल्न खोरन्डेसम्म पुगेको यादहरु ताजै छन् । समय हो फेरी रहन्छ । पहिले बितेका सम्झनाहरु भने ताजै छन् । नयाँ फे्रस । दसैँको बेलामा हिन्दु धर्म मान्नेहरु रातो टिका लगाएर पिङ खेल्ने ठाउँम पुग्थे । हामी तामाङहरु चाहि सेतो टिका लगाएर जाने गर्दथ्यौ । टिकाको दिन एक छिन भए पनि भुँई छोड्नु पर्छ रे । यो पुरानो भनाई हो । एक पटक भए पनि पिङमा मच्चिनु पर्छ ।

अहिले दोलखाको शैलुङमा हाम्रो घर छैन । गोठ मात्रै छ । घर भुकम्पले भत्काएकोले नयाँ बनेको छैन । पुरोनो घर हुँदा बाजे विहानै पुग्ने । सबै जम्मा हुन्थ्यौ । ठूलो भाँडोमा भात पकाइन्थ्यो । खाने मान्छे घेरै हुन्थ्यौ । बाजेका दुई भाइ छोरा । दुई भाइ छोराका छोरा नाति नातिनी गर्दा दुई दर्जन जति हुन्थ्यौ । धेरै दाजुभाइ जम्मा हुनुको मज्जा अर्कै थियो ।

तास खेलेर रमाइलो गर्ने पनि अर्को चलन हो । आफ्नै दाजुभाइ विचको रमाइलो पनि हो त्यो । मानौ बितेका दिनका दशैहरुमा धेरै रमाइला थिए । तर अहिले विदेशमा हामीलाई दसैँ भन्ने थाहा भए पनि विदेशीलाई थाहा हुने कुरै भएन । त्यसैले जस्तो दिनमा पनि जिन्दगीको सुई उस्तै छ । कति बजे उठ्ने हो उठिन्छ ।

कति बजे सुत्ने हो सुतिन्छ । फरक भनेको घर मिस हुन्छ । बुढा बाजे, बज्यै मिस हुन्छन् । दसैँ पिङ र साथी भाइ मिस हुन्छन् । बिषेश गरेर सबै परिवार जम्मा भएर ठूलो भाँडोमा पकाएको भात र बंगुरको मासु मिस हुन्छ । बिदेशमा टिकाको दिन पनि पिङ खेलेर भुँइ छाड्ने कुरै आएन । आइयम सिसिङ दशै ।

दसैँको सम्झना तथा शुभकामना

मिलन खडका
दोलखा,
फस्कु

दसैँ आयो रेत : कसले भनेको भन्दा मलाई त सामाजिक सञ्जाल फेसबुकले भनेको हो । ए होर । हो त । तपाईपनि हेर्नुहोसन न । नेपालमा दसैँ आएर सबैले आफ्नो फेसबुकमा पोष्ट गरेको स्टाटबाट थाहा हुन्छ, दसैँ आएको हो रहेछ भनेर । सबैले शुभकामना पनि दिएकै छन् । विदेशमा त यस्तै हुन्छ, चाडपर्वको खासै वास्तै हुदैन् । नेपालीको दसैँ विदेशीलाई के थाहा हुन्छ र यदि थाहा पायो भने पनि केवल कामसँग मात्र सम्बन्ध हुन्छ । जे भएपनि विगतका दसैँलाई सम्झेर यो वर्षको दसैँ अविस्मरणीय बनाउने सोचमा छु ।

याद आईरहेको छ,  रातो टिका, बाबा, आमाको न्यायोकाख, हातबाट रातो टिका, हरियो जमरा लगाएको, अनि गाँउका साथीभाईसँगको उल्हासमय भेटघाट, मामाघरको सम्झना, गोठपानी डाँडाको लिङ्गे पीङ आदि सबै मनमा लिएर विगतका खु्सी सम्झदै आ्फनो काममा लम्कनै पर्छ विदेशमा ।



भर्खरै भएको विनासकारी भूकम्पको पीडा र त्यसले दिएको दुःख कष्टको आँखामा आँसुको चिसो नओभाउँदै  गरेको बेला सेतो जस्ताको टहरोमा रातो टिका लगाउने दसैँ आएको छ । मलाई विश्वास छ, यो विजया दशमीको सेतो जस्ता मुनिको रातो टिकाले प्रत्येक दोलखाबासीको मनमा एकता र प्रगतिको बाटोतिर सबैको मन जाने छ । विकास र उन्नति तर्फ लम्कने छ । भन्दै आउदै गरेको विजया दशमी २०७२ सालको दसैँमा सबै दोलखाबासीलाई हार्दिक मंगलमय शुभकामना । दोलखामा रहेका दोलखाबासी तथा सम्पु्र्ण नेपालीहरुलाई हार्दिक मंगलमय शुभकामना ।


विपत्तिको दसैँ शुभहोस


बिबेक बुढाथोकी
दोलखा, ९ भङ्गेरि
हाल मलेसिया
सबप्रथम म दोलखाली छोराको तर्फबाट नमस्कार साथै बडा दसैँ तथा दिपावकिको हार्दिक मङ्गमय सुभकामना । म बिबेक बुढाथोकी हाल मलेसिया जोहोर बारुमा परिश्रम गर्दै छु ।  मेरो घर दोलखा जिल्ला पवटि गाबिस वडा न ९ भङ्गेरि हो ।

आएको दसैँले म अत्यन्तै दुखि छु । किनभने हाम्रो दोलखा लगायत जिल्लामा भुकम्पले छेत बिछेत बनाएको छ । यस्तो हालतमा कसरी दसैँ तिहार मनाउ सकिने होला । गाँउलाई सम्झेलर निकै नै चिन्ता लाईरहेको छ ।

भूकम्पका कारण जिल्ला वासीको खाने गाँस, बस्ने बाँसको भर छैन । जे– जस्तो भएपनि हाम्रो रितिरिबाज सस्कृति जोगाउनु नै पर्छ । यस वर्षको दसैँ गाँउमा बसेर परिवारसँग मनाउन सकिएन ।  दोलखा बासि लगायत हाम्रो नेपाली दाजु भाइ दिदी बहिनी हरु खुसि रहनुस् सुखि रहनुस् यहि मेरो कामना सस्कृतिको नाममा बिकृति नफैलाउ सभ्य नागरिक ।

दियो जस्तै बलिरहनु
मखमलि झै फुलिरहनु
धानको बाला झुलेसरि
लहलह झुलिरहनु
दुबो झै मौलाओस् जीवन
टिकासरि चम्कियोस जीवन
सधै भरि दोलखालीको पाइला अघि अघि लम्कियोस्


स्वाच्छ रहोस् निस्चल रहोस् दोलखालीको भाबना बडा दसैँ तथा शुभ दिपावली दोलखा बासिलाई लाखौ लाख शुभकामना ।



0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.