Powered by Blogger.
अरनिको राजमार्गमा कालोबजारी

काभ्रे, २ कात्तिक ।
काभ्रेका यतायात व्यवसायी तथा काभ्रे उद्योग बाणीज्य सङघले डिजेल प्रट्रोलमा सिन्डीकेट लगाएर कालोबजारी गर्दै आएको खुलासा भएको छन् ।

काभ्रेका पम्पहरुमा डिजेल र प्रेट्रोल वितरण गर्ने काभ्रे उद्योग बाणीज्य सङघले कुपन सिस्टम भन्दै एकाधीकारी जमाउन थालेपछि काभ्रेका यातायात सञ्चालकहरु र पम्प को मिलेमतोमा यसरी डीजेल वितरण गर्दै आएपछि घण्टौँ लाईन बस्दा पनि पम्पले व्यवास्ता गरेको भन्दै विभिन्न व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायी, र तरकारी बोक्ने, दुध बोक्ने गाडीहरुले कालो बजारी गर्न यस्तो सिस्टम राखेको आरोप लगाएका छन ।

उपभोक्ताको हितमा अनुगमन, मल्याङकन गर्दै मुल्यसम्म निर्धारण गर्ने सङघले डिजेल आँफैँले वितरण गर्नै थालेपछि काभ्रेमा पहुँचवाला र सङघ र पम्प नजीककाहरुलाई मात्रै कुपन वितरण गर्दै आएको खुलेको हो । ग्याँस र प्रट्रोलमा यसरी सिन्डीकेट विरुद्ध उभिनुपर्नै सस्थाले नै सिन्डीकेट लगाएरपछि काभ्रैको बजार माहोलमा सङघ प्रती विभिन्न आरोप लाग्दै आएको छ । जिल्ला प्रशासनको रोहवरमा कुपन सिस्टम राखेको भए हामी लाई मान्य हुन्थो तर यसरी एकाएक काभ्रे उद्योग वाणीज्य सङघले नै यसरी दादागीरी चलाए पछि कालो बजारी गर्र्ने यस्तो रणनीती अपनाएका हुन् बनेपाका रोशन प्रजापतीले भने ।

प्रहरी प्रसासनले कडाई नगर्दा र सिडीयो लाइृ नयाँपनको फाईदा लिँदै यस्तो हाली मुहाली गर्दै आएको पम्प र महासङघलाई कडा कारबाही हुनुपर्छ र उनिहरुको घरमा मात्रै छापा मार्नै हो भने पनि प्रट्रोल र ग्याँस धेरै लुकाएर रोखेको बताइएको छ । प्रहरी प्रशासनले तत्काल कारबाही नगरे व्यवसायीहरु त्यसको प्रतीपक्षमा उत्रनुपर्ने समय आएको बताइएको छ । यसरी व्यापक रुपमा जनगुनासो आउन थालेपछि प्रजीअ मदन भुजेल कालोबजारीको विषयमा आफु अनविज्ञ रहेको बताए । उद्योग वाणीज्य सङघले कुनै जानकारी विना नै यस्तो गरेको स्वीकारेका छन् । उनले तत्काले अनुगमन गरिने पनि बताएका छन् ।

यता काभ्रे उद्योग वाणीज्य सङघका अध्यक्ष समेत रहेका सुरकृष्ण बैद्यलाई सम्पर्क गर्न खोज्दा उनि सम्पर्कमा आउन चाहेनन् । यसको रहस्य पनि ठुलो हुन सक्ने अनुमान व्यवसायीहरुले गरेका छन् । यता जिल्लामा रहेका ४३ पत्रकारहरुले प्रजीअको आदेशमा प्रेट्रोलका कुपनहरु लिँदै सो प्रेट्रोल ७ सय रुपैयाँ सम्म प्रती लिटर बेचेको चर्चा चलेको छ । यस विषयमा काभ्रे साँगाका अध्यक्ष नारायण सापकोटाले प्रेट्रोल लिएको स्वीकारे तर बेचेको भन्ने प्रश्नमा कुने जवाफ नै दिएनन् ।

‘सिन्डीकेट नै लगाएर कालोबजारी गर्ने काभ्रे उद्योग वाणीज्य सङघले क्वालीटी र परिणाममा अनुगमन गर्नुपथ्र्याे तर भएन उल्टो दशैँको बेला मा यस्तो काम गरिरहेका छन्’ पनौती निवासी निरोज श्रेष्ठको गुनासो छ । यता प्ट्रोल पम्पमा दश लिटर भनेर हालीएको प्रेट्रोल आठ लिटर भएको भन्ने पनि काभ्रेमा गुनासो आउन थालेका छन् तर प्रसासन पम्प र सङघको कुनै जिम्मेवारी पुर्ण काम गरेका छैनन ।

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.