Powered by Blogger.
बेलहिया नाका निर्वाध सञ्चालनमा आउने

रुपन्देही, १४ असोज ।
बेलहिया सुनौली नाका निर्वाध सञ्चालन गराउने सहमति गर्दै नेपाल–भारत सीमा बैठक सम्पन्न भएको छ ।
विगत ७ दिनदेखीको संयुक्त मधेसी मोर्चाको दसगजा क्षेत्रमा गरेको आन्दोलनको कारण सो नाका कहिले खुल्ने त कहिले बन्द हुने भएको थियो ।

नेपाल भारतका अन्य नाका ठप्प भएपछि मुलुकको दोस्रो ठूलो भन्सार नाका भैरहवा भन्सार नाकालाई सहज बनाउन दुई देशीय सीमा सुरक्षा प्रमुखको बैठक बसेको हो ।

भैरहवा भन्सार कार्यलयमा विहीवार रुपन्देहीका सुरक्षा समिती प्रमुख सिडीओ विष्णु प्रसाद ढकाल र भारत महाराजगन्जका डिएम सुनिल श्रीवास्तव सहितको बैठकले  बेलहिया सुनौली नाकालाई सहज बनाउने निर्णय गरेको हो ।

बैठकमा भैरहवा नाका सहज र निर्वाध सन्चालन गर्ने दुई पक्षिय सहमति भएको छ रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बिष्णु प्रसाद ढकालले बताए ।

महाराजगञ्जका डिएम सुनिल श्रीवास्तवले पनि नेपाल र भारतको सम्वन्ध निकै गाढा भएकाले यस्ता साना मसिना कुराले सिमा नाकामा अवरोध नहुने भन्दै आफुले नेपाली पक्ष बाट सुरक्षाको ग्यारेण्टी भएको बिस्वास दिलाएकाले अव सहजरुपमा सदाझै मालवाहक ट्रक नेपाल पठाउन सहयोग गर्ने बताए ।

भारतीय पक्ष सुरक्षाप्रति बढी चासो राखेको थियो हामीले नेपालको सुरक्षाको ग्यारेन्टी लिएपछि सीमावर्ती अधिकारी सकारात्मक भई पारी लाइनमा बसेका गाडीहरु नेपाल पठाउन सहमत भएको बैठकमा सहभागी लुम्बिनी अञ्चल प्रहरी प्रमुख गणेश केसीले जनाए ।



0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.