Powered by Blogger.
प्रधानमन्त्री कोइरालाद्वारा राजीनामाको घोषणा

काठमाडौँ, १५ असोज ।

प्रधानमन्त्री सुशील कोइरालाले पदबाट राजीनामा दिएका छन् । व्यवस्थापिका संसद बैठकमा सम्बोधन गर्दै कोइरालाले राजीनामाको घोषणा गरेका हुन् । यस सँगै नयाँ सरकार निर्माणका लागि बाटो खुला भएको छ ।

संविधान निर्माणपछि पहिलो संसद अधिवेशनमा कोइरालाले राजीनामाको घोषणा गरेका हुन् । संसद अधिवेशन प्रारम्भ भएको मितिले सात दिनभित्र प्रधानमन्त्री चयन गर्नुपर्ने संविधानमा व्यवस्था छ ।

प्रधानमन्त्रीले राजीनामा दिए लगत्तै राष्ट्रपतिले सात दिनभित्र सहमतिको सरकार गठनको आह्वान गर्नेछन् । संविधानमा उल्लेख भए अनुसार सात दिनमा सहमतिको सरकार गठन हुने छ । त्यो हुन नसके बहुमतीय प्रक्रियामा अघि बढ्ने छ ।

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.