Powered by Blogger.
विश्वकै होचा डाँगीको शव अमेरिकामा अलपत्र



दाङ, २३ भदौ ।

विश्वकै होचा व्यक्तिको परिचय पाएका दाङ, पुरन्धारा–९ का चन्द्रबहादुर डाँगीलाई उपयोग गरेर कमाउने योजना बनायो, अमेरिकास्थित एक सर्कस कम्पनीले ।

सोही कम्पनीको निम्तोमा भतिज दोलख उनलाई लिएर चैत ३ गते काठमाडौंबाट हिँडे । कोरिया, फिजी हुँदै अमेरिका छिरेका उनी सर्कसमा काम गर्दागर्दै बिरामी परे। ६ दिनअघि उनको अमेरिकाकै अस्पतालमा मृत्यु भयो ।

ुमरेपछि उपियाँले पनि जिउ छाड्छ भनेझैं, डाँगीको मृत्युपछि कम्पनीले वास्तै गरेन । उनको शव ६ दिनदेखि अमेरिकामा अलपत्र छ । न कम्पनीले हेर्छ न सरकारले फर्काउनै चासो दियो । भतिज दोलखले भने, ‘काकाको शव कुरेर बसिरहेको छु । न जलाउने खर्च छ नेपाल फर्काउने ।’

जिल्लाको अति विकट गाउँ पुरन्धारा । फोन र यातायात असुविधाका कारण शुक्रबार मृत्यु भएको खबर सोमबार बल्ल उनको घर पुग्यो । अमेरिका भ्रमणमा रहेका चन्द्रको मृत्युको खबरले घरपरिवार मात्र होइन, गाउँ नै शोकाकुल बनेको छ । सास भेट्न नपाए पनि लास हेर्ने आसमा चन्द्रकी आमासमान भाउजू प्रतीक्षामा छिन् ।

डाँगीको उपचारमा लागेको नेपाली २० लाख रुपैयाँ तिर्न नसक्दा दोलख अस्पतालमै शव कुरेर बसिरहेका छन् । शव घर लैजान उनी अमेरिकामा एक्लै दौडधुप गर्छन् । तर उनको केही लाग्दैन । भन्छन्, ‘लडिराुछु हजुर, कसैले भनेको सुन्दैनन् ।’

उनका अनुसार अमेरिकामा दाहसंस्कार निकै महँगो पर्ने रहेछ । ‘त्यहाँ दाहसंस्कार गर्न अरू नेपाली १६ लाख रुपैयाँ खर्च हुनेरहेछ,’ उनले भने, ‘कस्तो फसादमा परें ।’ अमेरिकाको साओमास्थित एक सर्कसले काम गर्न बोलाएपछि उनी अमेरिका पुगेका थिए । ६ महिनाका लागि बोलाइएका डाँगीलाई उक्त कम्पनीले २६ लाख रुपैयाँभन्दा बढी भुक्तान गर्ने मौखिक सम्झौता गर्योि ।

ुकोरियाबाट फिजी छिरियो, त्यहाँबाट कहिले जहाजमा त कहिले हिँड्दै अमेरिका पुगियो, दोलखले सुनाए, ‘अहिले घर न घाटको भइयो ।’

सर्कसमा डाँगीले दिनमा दुई घन्टा मात्रै ड्युटी दिनुपर्थ्यो । उनी त्यो सर्कसमा फोटो सुटका लागि अनुबन्धित थिए । ‘अंकलसँग फोटो खिच्न आउने मान्छेसँग उहाँ बस्नुपर्थ्यो,’ दोलखले फोनमा भने, ‘दिनमा दुई घन्टा मात्रै ड्युटी हुन्थ्यो ।’

यसै क्रममा डाँगी केही अस्वस्थ देखिए । उनलाई उपचारका लागि अस्पताल लगियो । निमोनिया भएछ । ७६ वर्षे बुढ्यौली उमेरका काका बिरामी परेपछि आफूले नेपाल फर्कन प्रस्ताव राखेको दोलखले सुनाए ।

ुमलाई गाह्रो भएको छैन, यति चाँडै नेपाल फर्कने हैन भन्नुभयो, उनले सम्भ्किए । केही दिनपछि उनलाई अझ च्याप्यो बेथाले । अस्पतालमा भर्ना गरियो । त्यसको तीन दिनपछि डाँगी बेहोस भए । तीन दिनसम्म होस नखुलेपछि डाँगीलाई तीन दिनपछि अस्पतालले मृत घोषित गरेको थियो ।

दोलखका अनुसार डाँगीलाई बोलाएको साओमास्थित सर्कस कम्पनीले उनको उपचार खर्चदेखि सम्पूर्ण खर्च बेहोर्ने मौखिक सम्झौता गरेको थियो । डाँगीको मृत्युपछि भने उक्त कम्पनी पनि टाढिएको छ । ‘पहिला सबै खर्च बेहोर्ने भनेर सहमति गर्यो्,’ दोलखले भने, ‘अहिले अस्पताल खर्च बेहोर्न सक्दैन भन्छ ।’

दोलखले केही सरकारी प्रतिनिधिमार्फत अमेरिका सरकारसमक्ष उपचार खर्च माग गरिरहेका छन् तर सुनुवाइ भएको छैन । भन्छन्, ‘अहिलेसम्मको प्रयासले आधा रकम जति यताबाट बेहोरिदिन सक्नेजस्तो देखिन्छ, बाँकी आधा पनि मैले कहाँबाट ल्याउनु ?’

उनले नेपाल सरकार आफ्नो विपतमा मलम बनिदिए हुन्थ्यो भन्ने आशा राखेका छन् । उनले थपे, ‘सरकारले केही गरिदिए हुन्थ्यो, यस्तो संकटका बेला सरकारले सहयोग गर्नुपर्ने हो ।’ तर हालसम्मको सरकारी मौनताले डाँगीको शव नेपाल ल्याउन उनलाई सहयोग मिल्ला भन्ने छाँट भने देखिएको छैन ।

डाँगीको निधनमा प्रधानमन्त्री सुशील कोइरालाले दुःखसम्म व्यक्त गरेका छन् । उनले शनिबार शोकवक्तव्य जारी गर्दै डाँगीको निधनले आफू दुःखी भएको र परिवारजनप्रति समवेदना प्रकट गरेका छन् ।

अमेरिकामा अलपत्र डाँगीको शव नेपाल ल्याउने विषयमा भने अहिलेसम्म सरकारले मुख खोलिसकेको छैन । सरकारका तर्फबाट अहिलेसम्म कूटनीतिक पहल नथालिनु दुःखद भन्दै सरकारको आलोचनाका स्वरहरु यदाकदा सुनिन थालेका छन् ।

अमेरिकामा अलपत्र डाँगीको शव नेपाल ल्याउने विषयमा संसदमा समेत कुरा उठेको छ । दाङका सभासद दीपक गिरीले विशेष समय लिएर आइतबार संसदमा विश्वमा चिनिएका डाँगी नेपालका सम्पत्ति रहेको भन्दै सरकारले तत्काल उनको शव नेपाल ल्याउन पहल थाल्नुपर्ने माग गरे ।

ुअहिलेसम्म कतैबाट चासो दिइएन, सभासद गिरीले भने, ‘नेपालको चिनारीका रुपमा रहेका डाँगीलाई सरकारले हेला गर्न सुहाउँदैन ।’ उता, अस्पतालले आफ्नो नियमअनुसार धेरै दिन शव राख्न नदिने जानकारी दिएपछि दोलखको चिन्ता चुलिएको छ ।’ अस्पतालले २१ दिनभन्दा बढी शव राख्न नपाइने भनेर सूचना दिइसकेको छ । ६ दिन भइसक्यो, अहिलेसम्म के गर्ने भन्ने टुंगो लागिसकेको छैन,. उनले भने, ‘२१ दिनभन्दा बढी दिन अस्पतालले शव राख्न पनि नदिने भनेको छ ।’

आर्थिक समस्यासँगै डाँगीको शव नेपाल ल्याउन कानुनी बाटोसमेत अप्ठ्यारो छ । अमेरिकाको सर्कस कम्पनीले डाँगी र उनका भतिजा दोलखलाई बोलाएपछि उनीहरु त्यहाँ पुगे । अमेरिका पुग्ने खर्च भन्दै कम्पनीले केही रकम पठाइदिएको पनि थियो। तर उनीहरुको बाटो कानुनी थियो वा गैरकानुनी भन्नेतिर सोचिएन । आजको नागरिक दैनिकमा समाचार छ ।

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.