Powered by Blogger.
आर्थिक अनियमितताले रोकियो टानको निर्वाचन

काठमाडौँ, १२ असोज ।
  ट्रेकिङ एजेन्सि एसोसिययसन अफ नेपाल (टान)को निर्वाचनका लागि एमालेसम्वद्ध नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनले कार्यसमितिको नाम घोषणा गरेको छ ।

पुर्व निर्धारित समयमा निर्वाचन नगरेकोप्रति असन्तुष्टि प्रकट जनाउदै एमालेसम्वद्ध नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठन र एमाओवादीसम्वद्ध एकिकृत पर्यटन व्यवसायी संगठन नेपाल (युटीन) तथा शेर्पा समूदाय र स्वतन्त्र समूहले संयुक्त दवाब सुरु गरेका छन् । निर्वाचन सार्नु टानकै विधान विपरित भएको भन्दै गठबन्धनले यसका विरुद्ध आन्दोलन गर्न व्यवसायीहरुलाई आह्वानसमेत गरेको छ ।

टान वार्षिक साधारणसभा तथा निर्वाचन स्थगन गरिएको सन्दर्भमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै टान आगामी निर्वाचनको अध्यक्षका लागि प्रस्तावित उम्मेद्वार चन्द्र रिजालले घोषित टान निर्वाचन स्थगित गर्ने काम गलत भएको भन्दै टानको वर्तमान नेतृत्वले आफ्नो पदावधी थप्ने चेष्ठा गरेको आरोप लगाए । बाँकी रहेको रहेको समयसिमाभित्र निर्वाचन गर्नका लागि टान नेतृत्वलाई आग्रह गर्दै अध्यक्ष रिजालले भने, ‘इच्छाशक्ति भए अझै पनि निर्वाचन गर्नका लागि समय बाँकी छ ।’

उनले निर्वाचन स्थगन गर्नका लागि मजदुरलगायतको बखेडा झिकिएको दावी गर्दै भने, ‘समयमा नै निर्वाचन गर्ने मनसाय भए मजदुरहरुको समस्याले छेक्दैन्, मजदुरको समस्या सल्टिसकेको छ ।’ अझै पनि आलटाल गरेर निर्वाचन नगराउन खेल खेल्ने क्रम जारी रहेको भन्दै यसका विरुद्ध आफूहरु सचेतनाका लागि चरणबद्ध अभियान सञ्चालन गर्ने तथा जिल्ला प्रशासन कार्यालयमा दवाब दिने जानकारी दिए । रिजालले टानको वर्तमान कार्यसमितिको आर्थिक अनियमितताका बारेमा जानकारी गराए ।

कार्यक्रममा गठबन्धनका तर्फबाट महासचिवका प्रस्तावित उम्मेद्वार कर्ण बहादुर लामाले टान निर्वाचन स्थगित भएकोप्रति भण्डाफोरस्वरुप बुधबारदेखि घरदैलो अभियान सञ्चालन गर्ने बताए । गठबन्धनका तर्फबाट जारी प्रेस विज्ञेप्तीमा पूर्वसहमतीअनुरुप मजदुरहरुको समस्या समाधान गर्नुको विपरित उनिहरुलाई उत्तेजित पारेर निर्वाचन स्थगित गर्ने प्रपञ्च रचिएको दावी गरिएको छ ।

 निर्वाचन मनोनयनको दिन मजदुर समस्या समाधान भएपश्चात पनि प्रशासन लगाएर व्यवसायीहरुलाई धरपकट गरिएको भन्दै गठबन्धनले व्यवसायीहरुको अधिकारप्रति धावा बोल्ने काम गर्ने टान कार्यसमितिको निन्दा र भत्सना गरेको छ । 

त्यस्तै रिजाल समूहले चुनावमा जानका लागि मंगलबार कार्यसमिति टीमसमेत सार्वजनिक गरेको छ । चन्द्र रिजाल नेतृत्वमा वरिष्ट उपाध्यक्ष, प्रथम उपाध्यक्ष, द्धितीय उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष, सहकोषाध्यक्षहरुमा क्रमशः तासी लाक्पा शेर्पा, तेजबहादुुर गुरुङ, रामप्रसाद सापकोटा, कर्णबहादुर लामा, मुक्ति पाण्डे, नुरु जोङ्बु शेर्पा, कृष्णमान श्रेष्ठ रहेका छन् ।

 त्यस्तै सदस्यहरुमा तारानाथ लामीछाने, प्रेम गुरुङ, दावा लामा, बासु लम्साल, देबी पाण्डे, सम्भु अधिकारी, सुरेश घिमिरे, दावा निमा शेर्पा र वाङ्चु शेर्पा रहेका छन् ।

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.