Powered by Blogger.
एनटीभीएमा लामा निर्बिरोध

काठमाडौँ, ६ असोज ।

नेपाल पर्यटक यातायात व्यवसायी संघ (एनटीभीए)को १२ औं वार्षिक साधारण सम्पन्न भएको छ । साधारण सभाले सांगे लामाको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ ।

कार्यसमितिको प्रथम उपाध्यक्षमा तिलकबहादुर लोहार, द्धितीय उपाध्यक्षमा धिरज बज्राचार्य, महासचिवमा कुल प्रसाद न्यौपाने (सन्तोष), सचिवमा वेदराज वास्तोला, कोषाध्यक्षमा प्रेमा लामा निर्विरोध निर्वाचित भएका छन् । यस्तै सदस्यहरुमा शंख नारायण महर्जन, बुद्ध साङ्गबो लामा, काजी थापा, विश्व महर्जन र विनोद तामाङ निर्वाचित भएका छन् । जसमा एक जना सदस्य भने नयाँ कार्यसमितिले मनोनित गर्नेछ ।

नवनिर्वाचित अध्यक्ष सांगे लामाले आफ्नो नेतृत्वमा बनेको नयाँ कार्यसमिति सबैको जीत भएको बताउदै सहयोग गर्ने सबैलाई धन्यवाद दिए । आफ्नो कार्यकालमा अघिल्लो कार्यसमितिले अघि बढाएको संस्थाका निम्ति हितकर कार्यहरुलाई निरन्तरता दिदै नयाँ योजनाअनुसार अघि बढ्ने उनको प्रतिबद्धता थियो । उनले पर्यटक यातायात क्षेत्रको लागि भन्सार छुट गर्न पहल गर्ने, पर्यटन बोर्डसँगको सहकार्यमा राजमार्गमा सार्वजनिक शौचालयसहित पेट्रोल पम्प स्थापना गर्नेलगायतका कार्य आफ्नो प्राथमिकतामा रहने बताए  ।

निवर्तमान अध्यक्ष रामशरण कार्कीले संस्था भयांकर दुर्घनातिर जाने कुरालाई ध्यानमा राख्दै आफुले सहमतिको लागि त्याग गरेको बताए  । प्रमुख निर्वाचन अधिकृत शिव अधिकारीले नयाँ कार्यसमिति चयन गर्नको लागि अत्यान्तै ठूलो चुनौतिको सामना गर्नुपरेको भन्दै सबैको साथसहयोगले गर्दा सर्वसम्मतिबाट नयाँ कार्यसमिति चयन सम्भव भएको बताए ।


0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.