Powered by Blogger.
मिलीजुली सहकारीद्वारा प्रतिक्षालय निर्माण

दोलखा, २४ भदौ । 
मिलीजुली वचत तथा ऋण सहकारीले चरिकोट स्थित सातदोबाटो चोकमा यात्रु प्रतिक्षालय निर्माण गरेको छ । सहकारीले आफ्नो स्थापनाको २३ औं वार्षिक उत्सवको अवसरमा यात्रु प्रतिक्षालय निर्माण गरेको हो ।

सातदोबाटोको व्यस्त चोकमा यात्रु र बटुवालाई प्रतिक्षा गर्ने समेत ठाउँ नभएपछि सहकारीले प्रतिक्षालय बनाएको सहकारीका अध्यक्ष कृष्णबहादुर दाहालले जानकारी दिए । जिल्लाभरबाट आउने र गाउँ गाउँ जानेहरु समेत बसको पर्खाइमा सातदोबाटोमै बस्नु पर्ने भए तापनि ठाउँको अभाव थियो । सहकारीको आफ्नो व्यवसायका साथसाथै सामाजिक उत्तरदायित्व अन्र्तगत यस वर्ष यात्रु प्रतिक्षालय निर्माण गरेको उनले बताए ।

सातदोबाटोमा रहेको यात्रु प्रतिक्षालय बैशाख १२ को भुकम्पले ढलेपछि यात्रुलाई घामपानीबाट जोगिने ठाउँको समेत अभाव थियो । गैरास्वारा समाजबाट १५ वर्ष अघि निर्माण भएको प्रतिक्षालय पीलर राखेर निर्माण भएका कारण भुकम्पले ढलेको थियो । सोही ठाउँमा गैरास्वाराले पनि प्रतिक्षालय पुनः निर्माण गर्ने बताएको छ ।

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.