Powered by Blogger.
मामाको हत्या अभियोगमा भान्जा पक्राउ

दोलखा, ११ साउन । ६ बर्षअघि मामाको हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । 

२०६८ मंसीर ९ गते कालिन्चोक मन्दिर दर्शन गर्न गएका दोलखा भीमेश्वर नगरपालिका वडा नम्बर ३ का १९ बर्षीय विनोद धनुके २०६८ मंसीर ११ गते गणेश थुम्की नजिक मृत भेटिएका थिए ।

उक्त घटनाको अनुसन्धाको क्रममा मृतक विनोदके भान्जा भीमेश्वर नगारपालिका वडा नम्बर ३ का विक्रम विकलाई ६ बर्षपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । नेपाल समाचारपत्रमा समाचार छ ।

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.