Powered by Blogger.
यी हुन नेपाली कांग्रेसका नगर हाक्ने रथीहरू

दोलखा, २१ वैशाख । दोलखाको भिमेश्वर नगरपालिकाका लागि नेपाली कांग्रेसले ईश्वरनारायण मानन्धरलाई प्रमुखको उम्मेदवार बनाएको छ ।

मानन्धर २०४२ सालबाट नेपाली कांग्रेसमा आवद्ध भई त्यसयता पार्टीको नेतृत्वमा भएका हरेक आन्दोलनहरूमा सक्रियताका साथ सहभागी रहेका छन् । 

उनले नेविसंघको सदस्यका रूपमा राजनीतिमा प्रवेश गरेर तरुण दलको जिल्ला कार्य समिति सदस्य हुँदै अध्यक्ष, केन्द्रीय सदस्य, त्यसपछि सचिवको जिम्मेवारी निभाएका छन् ।

उनी पार्टीको दशौं महाधिवेशन पश्चात लगातार महासमिति सदस्य र महाधिवेशन प्रतिनिधिको रुपमा रहदै आएका छन् ।

उनी १३ औं जिल्ला अधिवेशनमा पार्टी सभापतिको प्रत्यासी थिए । उनले २०५४ सालको स्थानीय निर्वाचनमा वडा सदस्य चुनाव लडेका थियो  ।

शारदा थापा

नेपाली कांग्रेसले भिमेश्वर नगरपालिकाको उपप्रमुखमा शारदा थापालाई अघि सारेको छ । लामो समयदेखि नेपाली कांग्रेसमा सक्रिय रहेर उनले कुनै राजनीतिक भूमिका पाएका थिएनन् । महिला नेतृ थापा सामाजिक क्षेत्रमा लोकप्रिय छिन् ।

सोनाम शेर्पा

नेपाली कांग्रेसले सामाजिक रुपमा लोकप्रिय नेता सोनाम लामालाई जिरी नगरपालिकाको प्रमुखमा उम्मेदवार बनाएको छ ।

राजनीतिका अलवा उनी व्यापार व्यवसायमा आवद्ध छन् । शेर्पा उद्योग बाणिज्य संघ दोलखाको प्रथम उपाध्यक्ष हुन् । तरुण दलबाट राजनीति थालेका शेर्पा हाल पार्टीको कार्यबहाक नगर सभापति हुन ।

लिलामायँ जिरेल

जिरी नगरपालिकामा नेपाली कांग्रेसले लिलामायाँ जिरेललाई उपप्रमुख उम्मेदवार तय गरेको छ । उनी सामाजिक संघ संस्था र महिला सञ्जालमा सक्रिय छिन् ।

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.