Powered by Blogger.
कहिले देख्न पाइएला दोलखा भीमेश्वर मन्दिरमा धार्मिक विदेशी पर्यटकको घुइचो लागेकाे ?

दोलखा, २३ कात्तिक । बिहानीको मिरमिरेसँगै हिमालको शिरबाट  मन्द मन्द मुस्कुराउँदै जब सूर्य नारायणको आगमन हुन्छ, निन्द्राबाट भर्खर खुलेका तपाईका आँखाले देख्ने ती तस्बिर संसारकै अविस्मरणीय बन्नेछन् । 

बिहानीको शुभ सन्ध्यासँग तपाईँ तजि नै अल्छी बन्नखोजे पनि गौरिशंकर हिमाल सर्माउँछीन, शैलुङ्गको सय थुम्का मुस्कुराँउछ, विभिन्न बनस्पतीले तपाईँको शरीरमा मन्द मन्द हावाको स्पर्श छरिदिन्छ अनि कसरी लाग्छ अल्छी बरु सुरुहुन्छ त्यसपछि तपाईँको दैनिकी । 

विविध प्रकृति छटाहरुको मनोरम दृश्य,खोला, नाला, झर्र्ना, बन पाखा, पखेरा, भिर, पहाड यी र यस्तै सुन्दरताको खानी हो दोलखा । यी नै सुन्दरलाइ सजाइ राख्न साक्षी बनेका विभिन्न धार्मिक मठ मन्दिरके त वर्णन गरेर सकिन्न ।

दोलखा नेपालका प्रमुख पर्यटकीय गन्तव्यमा पाँचौ नम्बरमा भए पनि  प्रचार प्रसारको अभावका कारण यसले गति लिन सकेको छैन । यहाँका धेरै पर्यटकीय गन्तव्यहरु ऋझै पनि भर्जिन नै छन् । विदेशी पर्यटकले भर्जिन प्राकृतिक छटाको स्पर्श गर्न पाएका छैनन् भनौ वा स्पर्श गर्न दिएइको छैन । 

दोलखाको काखमा रहेका विभिन्न हिमश्रृंखला, नागबेली आकार लिएर बगेको तामाकोसी नदी, तामाकोशीको शिरमा सदैव मुस्कुराई रहेको गौरीशंकर लगायत हिमाल, शैलुङडाँडा, कालिञ्चोक भगवती, भीमेश्वर मन्दिर, बिगु गुम्बा, बेदिङ गाउँ, जिरी बजार, च्छो रोल्पा हिमताल, रोल्वालिङ उपत्यका, जिरीबजार, जटापोखरी, गाइखुरा महादेवका साथै घना बनजंगलको रमणीय दृश्य हेर्न चाहनुहुन्छ भने एक पटक दोलखा किन नजाने ? 

राजधानी काठमाडौँबाट लगभग ५ घण्टाको मोटर यात्रा पछि पुगिन्छ दोलखाके सदरमुकाम चरिकोट । यहाँ पुगेर आफ्नो विविध ठाँउको यात्रा तय गर्न सकिन्छ । यदि तपाईँ शैलुङ जान चाहनुहुन्छ भने मुडेबाट दायाँ तर्फ लाग्नु पर्छ । 

काठमाडौँबाट १ सय ३१ किलोमिटरको दूरीमा पर्छ चरिकोट बजार । दोलखाका सबै गन्तव्यको पनि गन्तव्य हो भिमेश्वर मन्दिर । जुन धार्मिक तथा प्राकृतिक सौन्दर्यको मज्जा लिन चाहने पर्यटकलाई आकर्षक स्थान हो । चरिकोटबाट तीन किलोमीटर यात्रा तय गरेपछि मन्दिर प्राङगणमा पुग्न सकिन्छ । 

नेवार समुदायको इष्ट देवताको रूपमा समेत लिइने दोलखा भीमेश्वर मन्दिरलाई दोलखा भीमशेन पनि भनिन्छ । बल र साहसको प्रतीक मानिने भएकाले आपत् विपत पर्दा बलदेउ भीमशेन भनेर पुकारिन्छ ।

द्धापर युगमा किच्चकलाई मार्न र कौरवहरुको संहार गर्न भीमसेनले महादेव र भगवतीको स्तुति गर्दा रुद्र एवं भगवतीको अंश पनि उनैमा समाहित भएको भन्ने धार्मिक कथन रहेको पाइन्छ । भीमेश्वर मन्दिरमा रहेको भीमसेनको शिलालाई घटना सुचकको रूपमा लिने गरिन्छ ।

देशमा कुनै राजनीतिक परिवर्तन वा अन्य दैवी प्रकोपका घटना हुन थालेको खण्डमा भीमेश्वरको शिलामा पसिना आउने गर्दछ । भीमेश्वरको शिलामा बाँयापट्टी पसिना आएमा जनतालाई पिरोल्ने र दाँया पट्टी पसिना आए दरबारमा कुनै अनिष्ट हुने जनविश्वास रही आएको छ । 

भीमेश्वरमा पसिना कसरी आयो भन्ने अहिले सम्म कुनै प्रकारको ठोस वैज्ञानिक अनुसन्धान भने हुन सकेको छ्रैन् । पराम्परागत र धार्मिक विश्वासका साथ अहिले देश विदेशबाट भीमेश्वरको मन्दिर दर्शनका लागि दैनिक हजारौँको सङ्ख्यामा भक्तजनहरु आउँने गर्दछन् । 

यो मन्दिर परिषर धार्मिक पर्यटकहरुका लागि निकै महत्त्वपूर्ण स्थान हो । प्रचार प्रसारको अभावमा यो ठाँउमा पर्यटक अझै प्रचुर मात्रामा हुन सकेको छैनन् ।  यसकालागि आज सम्म कुनै पनि निकायले यो स्थानमा भार्मिक पर्यटक प्रवर्दका लागि कुनै पहल गरेका छैनन् ।

दोलखाको पर्यटक प्रवर्दनार्थ स्थापना भएको दोलखा पर्यटक विकास परिसदले पनि यो स्थानमा धार्मिक पर्यटक प्रवर्दनमा कुनै वास्ता गरेको जस्ते देखिन्न गरेके भए पनि सार्वजनिक रूपमा खासै अएके छैन । जसका कारण जिल्लाले धार्मिक पर्यटक प्रवर्दन तर्फबाट आर्जन गर्न सक्ने राजश्व समेत गुमाउनु परेको छ । यो जिल्लाका लागि अप्रत्यक्ष नोक्सानी पनि हो । 

भीमेश्वर मन्दिर वरपरको दृश्य प्राकृतिक रूपले पनि निकै महत्त्व बोकेको छ । मन्दिरको बाहिर रहेको १५ फिट उचाइको ढुङ्गाको स्तम्भलाई नेपालकै ठुलो ढुङ्गाको स्तम्भ मानिन्छ । मन्दिरको भित्र प्रवेश गरेपछि सुनौलो तिन तहको आसनमाथि करिब १० इन्च अग्लो भीमसेनको प्रस्तर मूर्ती रहेको छ भने शिलालेख पनि । मन्दिर र शिलालाई झनै मनमोहक बनाएको छ मूर्तीको माथि लगाएको जलपले छ ।

किम्बदत्नीहरु पल्टाउँदै जाने हो भने विक्रम सम्बत् १८३२ मा राजा प्रतापसिंह शाहको मृत्यु हुँदा भीमसेनको गर्दा २ अंगुल माथि उठेको कथन छ । यति सुन्दरठाँउ जहाँ प्रचार प्रसार नभएका कारण धार्मिक, सांस्कृतिक तथा पदयात्री पर्यटक लैजान सकिएको छैन । यसमा सरोकारवाला निकायले समयमा नै सोच्नु पर्ने बेला भएको छ । 

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.