Powered by Blogger.
सुरीमा पहिरोजाँदा तीन लाखको क्षती, बुलुङ खोलामा रहेको लघु जलविद्युत पावर हाउसको पाइप र भवन आधा पुरियो

दोलखा, १५ असार । अविरल बर्षासँगै बुधबार आएको पहिरोका कारण दोलखा सुरी गाविस–३ मार्वुडाँडा बस्ने चलित्रबहादुर खड्काको करिब तीन लाख रुपैयाँ बराबरको क्षती भएको छ ।  

पहिरोका कारण घरटहरा, गोठ र ३ रोपनी जग्गा समेत पुरिएको बताइएको छ । सोही ठाउँ बस्ने दिनेश खड्काको गोठ तथा भैँसी १, गाई १ पहिरोले पुरिएर करीव ६० हजार रुपैयाँ मूल्य बराबरको धनमाल क्षति भएको छ । 

पहिरोले सोही गाबिस–२ बुलुङ खोलामा रहेको लघु जलविद्युत पावर हाउसको पाइप र भवन आधा पुरिएको छ ।

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.