Powered by Blogger.
भूकम्प पीडितलाई दोलखाको सिङ्गटीबाट अनुदान वितरण गरिने


काठमाडौँ, २३ फागुन । पुनःनिर्माण प्राधिकरणले फागुन अन्तिमदेखि दोलखाको सिङ्गटीबाट भूकम्प प्रभावितका घर निर्माणका लागि ५० हजार रुपैयाँ अनुदानको पैसा वितरण गर्ने भएको छ ।

गोरखामा भूकम्पका कारण क्षतिग्रस्त घर तथा आवास निर्माणका लागि दुई लाख रुपैयाँका दरले राहत रकम वितरण गर्ने बताइएको छ । यसअघि प्राधिकरणले यही फागुन १२ र २० गतेदेखि रकम वितरण गर्ने योजना बनाएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण र नेपाली काँग्रेसको महाधिवेशनका कारण केही समय पर धकेलिएपनि रकम वितरणको काम सुरु गर्न लागिएको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले बताए । सिङ्गटीबाट सुरु गर्न लागिएको अनुदान वितरण दोलखाका थप गाविसमा विस्तार गरिने र अन्य जिल्लामा पनि वितरण गरिने भएको छ ।

स्थानीय निकाय र सम्बन्धित घरधनीबीच अनुदान सम्झौता भइसकेपछि पहिलो किस्ताअन्तर्गतको ५० हजार रुपैयाँ रकम बैंकमार्फत सम्बन्धित घरधनीको खातामा जम्मा हुने र सो रकम निकालेर घरधनीले आफूलाई अनुकूल समयमा आवश्यकताअनुसार निकालेर निर्माण कार्य सुरु गर्न सक्नेछन् ।

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.